विषाक्त रक्सीले कम्तीमा ५० जनाको मृत्यु

एजेन्सी, ११ फागुन । भारतको असम राज्यको गोलाघाट जिल्लामा विषाक्त रक्सीका कारण कम्तीमा ५० जना चिया मजदुरको ज्यान गएको छ ।

विषाक्त रक्सीका कारण बिरामी भएका ५० भन्दा बढीको जोरहाट मेडिकल कलेजमा उपचार भैरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

बिहीबार राति सलमारा चिया बगानमा ६५ वर्षीया महिला द्रौपदी ओरनको घरमा भएको जमघटमा विषाक्त रक्सीका कारण यो घटना घटेको हो । जमघटमा आएका आफन्त र छिमेकीले विषाक्त रक्सी खाएका थिए । एकैछिनमा चार जना महिलाको ज्यान गएको त्यसपछि एक्कासि सबै बिरामी पर्न थालेको असम प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले चिया बगाननजिकै जुगीबारीमा रहेको अवैध रक्सी उद्योगका सञ्चालकलाई पक्राउ गरेर अनुसन्धान थालेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान नेपाली जनताको दशकौँ लामो बलिदानी संघर्षको जगमा जननिर्वाचित

काठमाडौँ, २ असोज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विदेशी चलखेलका कारण मुलुक ठुलो सङ्कटबाट गुज्रिरहेको बताएका

काठमाडौँ, २ असोज । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) ग्लोबल साउथका देशहरूको साझा

काठमाडौँ, २ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार कांग्रेसलाई अझ सशक्त र जनमुखी बनाउनुपर्ने