काठमाडौं, १० फागुन । आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा ५ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ६२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ६२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





