काठमाडौँ, १० फागुन । नरेश्वर ज्ञवाली । नेकपा सरकारको एक वर्ष समृद्धिको आधार वर्ष आशा र उत्साह दिन सफल लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान घोषणा भए पश्चात संविधानलाई कार्यान्वयन गर्दै संघ, प्रदेश र स्थानीय तहको चुनाव सम्पन्न भए पछि केन्द्रीय संसद अर्थात् संघमा बहुमत प्राप्त नेकपाको सरकार गठन भएको एक वर्ष पुगेको छ ।
नेपालको राजनीतिक इतिहासमा मात्र हैन दक्षिण एशियामा नै एउटा कम्युनिष्ट पार्टीको बहुमत प्राप्त स्थिर सरकार प्राप्त गरेकोले विश्वमा नै नेपालको चर्चा परिचर्चा भएको छ । यति मात्र हैन शान्तिपूर्ण तरिकाबाट निरङ्कुश राजतन्त्रको अन्त्य गरि गणतन्त्र स्थापना गरेर बहुदलिय संसदीय प्रणाली अन्तर्गत संसारमै पनि माक्सवादी लेनिनवादी सिद्धान्त अगालिरहेको एउटा कम्युनिष्ट पार्टीले बहुमतको सरकार संचालन गर्नु चानचुने विषय रहेन ।
लामो समयदेखि कम्युनिष्ट आदर्श सिद्धान्त न्याय समानता र परिवर्तनको क्रान्तिमा संलग्न हजारौ कार्यकर्ताहरु स्थिर सरकारको लागि अमुल्य मत दिएका लाखौ लाख जनसमुदायहरुले मुलुकको आर्थिक समृद्धि र विकासको लागि आशा अपेक्षा राख्नु स्वभाविकनै छ ।
राजनीतिक अस्थिरता, प्रशासनिक अस्थब्यस्थाता, प्रदेश र स्थनियतहको नयाँ प्रयोग, विकास निर्माणमा भएको ढिला सुस्तीलाई ब्यवस्थित गर्न यो एक बर्ष सरकारलाई निकै कठिन र हम्मे हम्मे नै पर्यो । त्यति मात्र होइन भर्खरै एकीकरण भएका सत्तारुढ नेकपाको तल्लो तहको एकीकरण टुंगो नलगाएको अवस्था जसले गर्दा प्रदेश र स्थानीय सरकारलाई काममा निर्देशन दिने अनुगमन गर्ने सम्यन्त्र नहुँदा केहि बेथितिहरू पक्कै रहन गए । बेथितीको सामना पनि यो एक वर्षमा गर्नु पर्यो ।
त्यति हुँदाहुँदै पनि सरकारको नेतृत्व सम्हाल्नु भएका नेकपाका अध्यक्ष केपी ओलीको दृढ इच्छाशक्ति, उच मनोबल र आत्मा विस्वासका साथ आफ्नो काँधको अविभारा अनुरुप नै ‘अब हामीलाई असफल हुने छुट छैन’ भन्दै समृद्ध नेपाल र सुखी नेपालीको चाहनालाई मुर्त रुप दिन डटीरहनुले यो एक बर्ष आधार वर्ष बन्न सफल भयो ।
यो एक बर्ष संविधान कार्यान्वन गर्ने बर्ष पनि रह्यो । यो बिचमा संघ, प्रदेश र स्थानीय तहको संरचनाको कानुनी आधार तयार भयो । मौलिक हक का १७ वटा कानुन निर्माण भए, अरुण तेस्रो जल्बित्तुत आयोजनाको सुरुवात, सामाजिक सुरक्ष्य कोष र प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात, श्रमिकको ज्यालामा वृद्धि , सनाकिसानको ऋण मिनाहा, काठमाडौँ तराई फर्स्ट ट्रयाकमा तिब्रता, बन्द भएका विमानस्थलको सुचारु, बैदेशिक रोजगारमा जानेहरुकोलाई श्रम स्वीकृत प्रदेश बाटै, भारत चीन लगायत मुलुकसँग सम्बन्धमा सुधार, चिनसँग पारबहन सम्झौता , संयुक्त राष्ट संघ महासभादेखि डाबोस मंचसम्ममा गएर प्रधानमन्त्रीले मुलुकको अवस्था तथा विदेशी लगानी वातावरण बनाउनमा महत्वपूर्ण भूमिका खेल्नु, १७ बर्ष पछि अमेरिकासंग पररास्ट मन्त्री स्तरिय भ्रमण आदि अनेकौ कामहरु भएका छन् ।
अब बाँकी रहेको ४ वर्ष परिणामको बर्ष बन्नु पर्छ तर यो बिचमा राज्यको सम्पूर्ण अंगहरुमा समृद्धिको दृढ इक्षा शक्ति, इमान्दारिता र पर्दर्सिता हुन अत्यन्त जरुरि छ ।
प्रधानमन्त्रीको सोचलाई साथ दिन अब आलटाल र ढिलढाल गर्न हुने छुट कसैलाई छैन तब मात्र देश लक्ष्यमा पुग्ने छ । त्यस्तै स्थानीय तहले पनि सेवा सुबिधा आफूतिर नभई जनतातिर लैजानु पर्दछ तब मात्र समृद्ध नेपाल र सुखी नेपालीको चाहानालाई पुरा गर्न सकिनेछ ।






