नेपालले भारतलाई ८–० गोलको अन्तरले पराजित

काठमाडौं, ९ फागुन । अन्तराष्ट्रिय फुटलब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरेको एन्फाको यु-२१ टिमले भारतको त्रिपुरा क्लबलाई ८-० गोल अन्तरले पराजित गरेको छ ।

बिहिबार एलएनआईपीई रंगशालामा दोस्रो खेलमा अभिषेक रिजालले ह्याट्रिकसँगै नेपालले त्रिपुरा क्लबलाई ८-० गोल अन्तरले पराजित गरेको हो ।

नेपालका लागि प्रिजेन तामाङले खेलको चौंथो मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै ३१ औं मिनेटमा रेजिन सुब्बाले गोल गर्दै पहिलो हाफमै नेपाललाई २-० को अग्रता दिलाएका थिए ।

५२ औं मिनेटमा गोल गर्दै अभिषेकले नेपालको युवा टोलीलाई ३-० को स्थितीमा पुयाएका थिए । त्यस्तै ६७ औं मिनेटमा प्रिजेनले गोल गरे भने  ६६ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका अभिषेकले ६९ औ मिनेटमा ह्याट्रिक पुरा गरेका थिए ।

धिरज श्रेष्ठले ७७ औ मिनेटमा नेपालका लागि सातौं गोल गरे लगत्तै अर्को मिनेटमा अभिषेकले व्यक्तिगत चौंथो गोल गर्दै युवा टोलीलाई ८-० को फराकिलो जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

झापा, २ कार्तिक । झापामा अवैध कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका वडा

काठमाडौँ, २ कार्तिक । काठमाडौँको रानीबारीबाट पार्किङ गरी राखिएको स्कुटर चोरी गरी फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान