काठमाडौं, ९ फागुन । अन्तराष्ट्रिय फुटलब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरेको एन्फाको यु-२१ टिमले भारतको त्रिपुरा क्लबलाई ८-० गोल अन्तरले पराजित गरेको छ ।
बिहिबार एलएनआईपीई रंगशालामा दोस्रो खेलमा अभिषेक रिजालले ह्याट्रिकसँगै नेपालले त्रिपुरा क्लबलाई ८-० गोल अन्तरले पराजित गरेको हो ।
नेपालका लागि प्रिजेन तामाङले खेलको चौंथो मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै ३१ औं मिनेटमा रेजिन सुब्बाले गोल गर्दै पहिलो हाफमै नेपाललाई २-० को अग्रता दिलाएका थिए ।
५२ औं मिनेटमा गोल गर्दै अभिषेकले नेपालको युवा टोलीलाई ३-० को स्थितीमा पुयाएका थिए । त्यस्तै ६७ औं मिनेटमा प्रिजेनले गोल गरे भने ६६ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका अभिषेकले ६९ औ मिनेटमा ह्याट्रिक पुरा गरेका थिए ।
धिरज श्रेष्ठले ७७ औ मिनेटमा नेपालका लागि सातौं गोल गरे लगत्तै अर्को मिनेटमा अभिषेकले व्यक्तिगत चौंथो गोल गर्दै युवा टोलीलाई ८-० को फराकिलो जित दिलाए ।






