सुजुकी बर्गम्यान १२५ स्कूटरको लंच साथै शोरुम उदघाटन

भैरहवा, ८ फागुन । सुजुकी टु ह्वीलर्सको लागी सिदार्थ मोटर्स भैरहवा लुम्बिनी गेट नजिकै सुजुकी बर्गम्यान १२५ सी सी को भब्य लंच सहित शोरुम उदघाटन समपन्न भएको छ ।

भैरहवा उधोग बाणिज्य संघका अध्यक्ष श्री कुल प्रसाद न्यौपानेको प्रमुख आथित्यमा उक्त सुजुकी बर्गम्यान १२५ सीसीको बिक्री शुभारम्भ साथै शोरुम उद्घाटन भएको छ ।

हाल सम्म नेपालमा उपलब्ध स्कुटरहरु मध्ये सबै भन्दा आकर्षक तथा सुविधाजनक म्याक्सी–स्कूटर हो । जसमा १४ इन्चको आकारको ट्युबलेस ठूला टायरहरु छन् । सुजुकी बर्गम्यान १२५ मा ७५०० आरपिएममा ८.७ बिएचपि को शक्ति उत्पादन गर्ने क्षमता बोकेको १२५ सिसिको शक्तिशाली इन्जिन जडित छ ।

स्कूटरको अग्र भागमा डिस्क ब्रेक छ भने ५.६ लिटर क्षमताको प्रेट्रोल अट्ने क्षमता राख्दछ । डिजिटल ड्यासबोर्ड रहेको यो स्कूटरमा एलइडि हेड लाइट, एलइडि टेल ल्याम्प जडान गरिएका छन् । एरो डाइनामिक डिजाइन, क्रोम फिनिसिङ, सेन्ट्रल लक प्रणाली, मोबाइल चार्जको लागि युएसबि पोर्ट, पञ्जा राख्ने भाग जस्ता विविध सुविधाजनक विशेषताहरु पनि यस स्कुटरमा रहेका छन् ।

फरक खालको बनावटको कारणले यो स्कुटर अत्यन्त आकर्षक देखिनुका साथै बाक्लो र विस्तारित सिटले यसलाई चलाउँदा छुट्टै प्रकारको अनुभूति महशुस हुन्छ । यो स्कूटर सबै १२५ सिसिका स्कूटरहरुको समूहमा एक बेन्चमार्कको रुपमा स्थापितहुने कुरा निर्विवाद रहेको कुरा सिदार्थ मोटर्स भैरहवाका अध्यक्ष दिनेशमान अमात्य ज्यू ले जानकारी गराउनु भएको थियो । यो चौथो पुस्ताको हरेक चालकले खोजिरहेको एक सम्पूर्ण प्याकेजको स्कूटर पनि हो । हाल यसको नेपालको बजार मूल्य रु.२,२९,९००÷– कायम गरिएको छ ।

सुजुकी, जापानीज बाइकहरु निर्माणमा ख्याति कमाएको विश्वकै एक अग्रणी बाइक निर्माता हो र हाल विश्वका प्रायःजसो सबै देशहरुमा यसको उपस्थिति रहेको छ । विश्वमा सर्वाधिक अवार्डहरु प्राप्त गर्न सफल सुजुकी बाइकहरु नेपालमा विभिन्न आकर्षक रङ्गहरु र विविध मुल्यमा उपलब्ध छन् र नेपालभर ७८ ठाउ बाट सुजुकी को प्रोडक्ट एउटै छाना मुनि सेल्स, सर्भिस र स्पेयर्स पार्ट्स बिक्री बितरण नेपालको ठुलो घराना भी जी आटोमोबाइलस प्रा लीले गर्दै आएको जानकारी अवगत नै छ ।

भैरहवा तथा आसपासका क्षेत्रमा बिक्री पछिको सेवा प्रभावकारी रुपमा प्रदान गर्ने क्षमता राख्ने सिदार्थ मोटर्स ले सेल्स, सर्भिस र स्पियर्स सजीलो सग उपलब्ध गराउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ भदाै । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत ग्राहकहरूलाई प्रधानमन्त्री दैवी प्रकोप

काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बाेलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११

काठमाडाैँ, १२ भदौ ।  प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन

काठमाडाैँ, १२ भदौ ।  संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि १ करोड अमेरिकी