एञ्जल लर्डमा विद्यालय प्रहरी समन्वय समिति

काठमाडौँ, ७ फागुन । समुदाय साझेदारी कार्यक्रम अन्र्तगत मंगलबार कोटेश्वर हिमाली मार्गस्थित एञ्जल लर्ड एकेडेमी हाइस्कुलमा ९ सदस्यीय विद्यालय प्रहरी—समन्वय समिति गठन गरियो ।

महनगरीय प्रहरी वृत्त नयाबनेशवरका प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्द राज काफ्लेको उपस्थितिमा गठित सो समन्वय समितिको संयोजकमा विद्यालयका प्रिन्सिपल टंक लिम्बु छन भने सदस्य सचिवमा सामुदायीक प्रहरी सेवा कोटेश्वरका इन्चार्ज, प्रहरी सहयाक निरीक्षक राजेन्द्र ंिसंह पुजारा रहेका छन ।

यसैगरि समन्वय समितिका सदस्यहरुमा विद्यालयका खेलकुद शिक्षक टेकेन्द्र चेमजोंग, अभिभावकद्वय रीना थापा र धर्मराज गौतम तथा विद्यार्थीहरुमा सुशान्त सिंह रावत, दिक्षा गौतम, एरिन मगर र अनुकृत चौलागाई छन ।

कार्यक्रममा प्रहरी नायव उपरिक्षक काफ्लेले विद्यार्थीहरुले कुनैपनि नयाँ कुरा सिक्नु भनेको उसको परिवार र समाजले सिक्नु हो भन्दै विद्यालय प्रहरी समन्वय समिति गठन भएपछि विद्यार्थीले साइबर क्राइम, लागुपदार्थको दुव्र्यसन, सडक दुर्घटनालगायतका अपराध गर्नबाट जोगिने र सडक दुर्घटनाबाट बच्ने उपाय सिक्ने बताए ।

पछिल्लो समयमा साथीभाईको लहैलहैमा र अञ्जानमै पनि किशोर किशोरीहरु साइबर क्राइम र लागुपदार्थको दुव्र्यसनमा फसिरहेको तथ्य पनि नायव उपरिक्षक काफ्लेले औंल्याए ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल टंक लिम्बु, धर्मगुरु राम लम्साल, प्र.स.नि पुजारा लगायतले विद्यालय प्रहरी समन्वय समितिले विद्यार्थीहरुलाई थप अनुशासित र जिम्मेवार बनाउने कुरामा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय