एजेन्सी, ७ फागुन । अमेरिकाको मध्य भागमा गोली चल्दा तीन बालबालिकासहित एक महिलाको मृत्यु भएको छ ।
अन्र्तराष्ट्रिय समाचार संस्था सिन्ह्वाका अनुसार सोमबार अपरान्ह मध्य भागमा पर्ने राज्य मिचिगनमा सम्पत्तिको विषयलाई लिएर भएको विबादका क्रममा गोली चल्दा तीन बालबालिका र एक महिलाको मृत्यु भएको बताइएको छ ।
मिचिगन राज्यको उत्तरी भागमा पर्ने केन्ट काउन्टीमा उक्त घटना भएको र अधिकारीहरुले थप विवरण दिन अस्विकार गरेको बताएको छ ।
साथै घटनाको अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।






