२५ वर्षमा विश्वकै धनी देशका रुपमा नेपाललाई चिनाउने लक्ष्य : डा. भट्टराई

बागलुङ, ५ फागुन । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपाललाई २५ वर्षमा विश्वकै धनी देशका रुपमा नेपालाई चिनाउने नयाँ शक्ति पार्टीको लक्ष्य रहेको बताउनुभएको छ ।

नयाँ शक्ति नेपालले शुरु गरेको ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा’ अभियानअन्तर्गत आज बागलुङको गलकोट पुग्नुभएका डा भट्टराइले अबको पाँच वर्षमा गरीबी अन्त्य गर्ने, १५ वर्षमा मध्यमस्तरमा पुग्ने र २५ वर्षमा विश्वकै धनी देशका रुपमा नेपालाई चिनाउने नयाँ शक्ति पार्टीको लक्ष्य रहेको बताउनुभयो ।

विकास र समृद्धि नयाँ शक्ति पार्टीको प्रमुख एजेण्डा भएको बताउनुभयो । उहाँले स्रोत र साधनले भरिएको मुलुकमा नयाँ योजनाका साथ अगाडि बढेमा समृद्धि टाढा नभएको बताउनुभयो । डा. भट्टराईले सरकारले भ्रष्टाचार निर्मूल पार्नुको साटो भ्रष्टचारीलाई प्रश्रय दिने खालको गतिविधि गरेको आरोप लगाउनुभयो । आगामी फागुन १५ गते बैतडीको झुलाघाट पुगेर सम्पन्न हुने सो यात्राका क्रममा सबै ठाउँमा भइरहेको कामको निरीक्षण गरिने डा. भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। नेपालबाट

काठमाडौँ, १२ कार्तिक । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, १२ कार्तिक । सिरहाको मार्डरमा हवाई फायर गरेर प्रहरीले दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध

काठमाडौँ, १२ कार्तिक । कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार