ल्होछार पर्वलाई सार्वजनिक बिदा दिनुपर्छ : पूर्वमन्त्री तामाङ

बनेपा, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वकानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले तामाङ समुदायले मनाउँदै आएको सोनाम ल्होछारका लागि दिँदै आएको सार्वजनिक बिदालाई सङ्घीय सरकारले निरन्तरता दिनुपर्ने बताउनुभएको छ ।

सुनौलो देवीटार युवा क्लब र धुलिखेल नगरपालिकाको संयुक्त आयोजनामा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१, देवीटारस्थित बगैँचा टोलमा आज आयोजित तामाङ समुदायको सांस्कृतिक तथा धार्मिक पर्व २८५५औँ फाग् सोनाम ल्होछारका अवसरमा आयोजित बृहत् ल्होछार सांस्कृतिक कार्यक्रममा उहाँले मुलुकको परिवर्तनका लागि तामाङ समुदायले जनयुद्ध र जनआन्दोलनमा ठूलो त्याग र बलिदानी गरेको भए पनि अझै मुक्ति पाउन नसकेको बताउनुभयो ।

सो अवसरमा उहाँले विकास र समृद्धिको आधार शिक्षा भएकाले त्यसतर्फ सबै सजग र सचेत भएर निरन्तर लाग्नसमेत आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल तामाङ घेदुङका उपाध्यक्ष पञ्चसिं घिसिङले तामाङहरुले आफ्नो पहिचान र मौलिकतालाई जोगाउनका लागि प्रत्येक तामाङलले घर÷घरमा दज्र्यु र लुङदर राख्नै पर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। नेपालबाट

काठमाडौँ, १२ कार्तिक । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, १२ कार्तिक । सिरहाको मार्डरमा हवाई फायर गरेर प्रहरीले दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध

काठमाडौँ, १२ कार्तिक । कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार