हिरो गोल्डकपमा फाइनलमा नेपाल उपविजेता

काठमाडौं, ३ फागुन । हिरो गोल्डकप फुटबल प्रतियोगितामा म्यानमारले जित हासिल गरेको छ  ।

भारतको उडिसास्थित कालिङ्गा रंगशालामा भएको खेलमा नेपाल म्यानमारसंग ३-१ ले पराजित हुँदै उपविजेता बनेको  छ ।

उपविजेता हुँदै नेपालले ५ लाख भारतीय रुपैयाँ (नेपाली रुपैयाँ ८ लाख) जितेको छ । विजेता म्यानमारले ७ लाख भारतीय रुपैयाँ जितेको छ ।

फाइनल खेलको ३४ औँ मिनेटमा म्यानमारले गोल गर्दै बनाएको १–० को अग्रता नेपालकी मञ्जली योञ्जनले ४५ औं मिनेटमा बराबरी गरेकी थिइन् । पहिलो हाफमा १–१ को बराबरी भएको खेलको दोस्रो हाफ नेपालका लागि राम्रो हुन सकेन ।

खेलको ५२ औैं मिनेटमा म्यानमारले अग्रता बनाएर खेल २–१ मा पुर्‍याएको थियो । त्यसको १० मिनेटपछि ६२ औं मिनेटमा म्यानमारले अग्रता ३–१ बनाएको थियो ।

लिग चरणको पहिलो खेलमा नेपाली टिम म्यानमारसंग ३–० ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीका अन्सुअर सोमबार

हेटौंडा, ९ असार । खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१८ सुकौराका ३७ वर्षीय

झापा, ९ असार । झापाको गौरीगञ्जमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–३ सयपत्री

काठमाडौँ, ९ असार । बितेका २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा