जनताको साथ जनप्रतिनिधिको हात, गुण्डुमा सिंहदरवार : सुशासन र समृद्धि सांसद बस्नेतको चाहना

भक्तपुर, ३ फागुन । एकतन्त्रीय शासन व्यवस्थालाई अन्त्य गर्दै लोकतान्त्रीक गणतन्त्रमा देश अघि बढिरहँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्नो चुनावी घोषणापत्रमा उल्लेख गरे अनुरुप ‘गाउँ गाउँमा सिंहदरवार’ भन्ने नारालाई भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नं. ७ ले यथार्थमा परिणत गरेको छ ।

पछिल्लो समय भक्तपुर क्षेत्र नंं. २ बाट प्रतिनिधिसभा सदस्य, नेकपाका युवा/प्रभावशाली नेता तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतको विशेष पहलमा भक्तपुरले समृृद्धि र सुशासनको लागी विकास निर्माण, सरसफाई, पर्यटन, भ्रष्टाचारमुक्त जिल्ला बनाउने अभियानमा देशलाई नै डोर्याउने कार्य गरिरहेका छ ।

विकासको लामो पर्खाइ र निर्वाचनका बेलामा पार्टीका घोषणापत्रमा जाहेर गरिएका महत्त्वाकांक्षी प्रतिबद्धता अनुसार नै भक्तपुरले विकासमा फड्को मारिरहेको छ । सरकारले मुलुक र जनतालाई विकास र समृद्धिको बाटोमा अधिकाशं ढोकाहरु खुल्ला गरिहेको छ ।

सूर्यविनायक नगरपालिका, सूनपा वडा नं. ७, जिल्ला प्रशासन कार्यालय भक्तपुर, विरदल गण सूर्यविनायकको संयुक्त आयोजनामा आज भएको एकिकृत घुम्ती सेवा तथा स्वास्थ्य शिविर भब्य रुपमा सम्पन्न भएको छ ।

कार्यक्रममा विभिन्न प्रकारका निशुल्क स्वास्थ्य सेवा, नागरिकता वितरण, रक्तदान लगायतका विभिन्न प्रकारका सचेतनामूलक कार्यहरु भएका थिए । शिविरबाट जनताले सेवा प्राप्त गर्ने र गराउने मात्र नभई समग्र भक्तपुरका जनचाहना अनुसारको विकास र समृद्धिको ढोका खुल्ला गर्नु साथै त्यसको अनुगमन तथा मूल्याङकन गर्नु मूख्य उद्देश्य राखिएको थियो ।

शिविरमा आफुलाई आवश्यक सम्पूर्ण सेवाहरु लिइसकेपछी घर फर्किने बेला गाउँलेहरुको “रिफ्रेसमेण्ट”का लागि चियापान, सांस्कृतिक तथा मनोरन्जनात्मक गतिबिधीहरुसँगैको मैदानमा आयोजना गरिएको थियो, सिंगो गाँउ, टोलभरी स्थानियहरुको बाक्लो चहलपहल रहेको थियो ।

गाउँकै एक ब्यक्तिलाई नागरिकता हस्तान्तरण तथा स्वास्थ्य परिक्षण गराउदै शिबिरको उद्घाटन उद्घाटन गर्दै सांसद बस्नेतले सरकारको लक्ष्य अनुरुप जनतालाई सहज सेवा प्रदान गर्नु र सुशासनको प्रत्याभुती दिलाउनु यस अभियानको मुख्य उदेश्य रहेको बताउनुभयो । उहाँले शिविरका माध्यमबाट जनताको स्वास्थ्यको ग्यारेन्टीका साथै भक्तपुरलाई विकसित र परिस्कृत बनाउन आवश्यक पर्ने मूल्याङ्कन तथा अनुगनम गर्ने समेत भएको बताउनुभयो । उहाँले राज्यका तिनै तहका प्रतिनिधिहरुको सहभागीता रहने उक्त अभियानको प्रसाशनिक सेवाको नेत्रित्व प्रमुख जिल्ला अधिकारीलेनै गर्ने र हरेक महिनाको पहिलो शुक्रबार फरक फरक वडामा यस्ता प्रकारका कार्यक्रम संचालन हुने जानकारी गराउनुभयो ।

जनता र जनप्रतिनिधीहरुकैबीचमा पारदर्शी हिसाबले सेवा प्रदान गर्ने उपयुक्त बातावरण निर्माणको कारण जनताले भोग्नु परिरहेको प्रसाशनिक झमेला, ढिला सुस्ती र भ्रस्टाचार अन्त्य गर्न यो अभियान प्रभावकारी रहने समेत उहाँले बताउनुभयो ।

भक्तपुरको विकास नै आफ्नो सपना रहेको बताउँदै सांसद बस्नेतले अबका दिनमा विकासलाई सकैले रोक्न र छेक्न नसक्ने समेत बताउनुभयो । उहाँले प्रत्येक एक वर्षमा जनताको घर दैलोमा एक पटक भए पनि यस्ता प्रकारका शिविरहरु सञ्चालन गर्नु पर्ने बताउँदै भक्तपुरका जनता अब स्वास्थ्य, शिक्षा, सञ्चार, यातायात विद्युत, खानेपानी लगायतका सरकारी सेवा सुविधाबाट बञ्चित हुनु नपर्ने बताउनुभयो ।

देशकै नमुना जिल्लाको रुपमा भक्तपुरको विकास गरेरंै छोड्ने बताउँदै सांसद बस्नेतले विकासबाट कोही आत्तीनु भन्दा पनि जनताको चाहना अनुसारको विकास निर्माणमा सवै राजनीतिक दल तथा आम नागरिक एक ढिक्का भई अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

शिविरबाट सेवा प्राप्त गरेको जनताले भोट दिएको खेर नगएको बताउँदै वर्तमान निर्वाचित जनप्रतिनिधिहरु आम भक्तपुरका जनताको मनमुटुमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १२ कार्तिक । भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु भएको छ । घर, कृषिबाली र पूर्वाधारमा क्षति

एजेन्सी, १२ कार्तिक । स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको

एजेन्सी, ११ कार्तिक । रुसको एक सैन्य अदालतले युक्रेनी अभियानका लागि आर्थिक सहयोग उपलब्ध गराई ‘आतङ्कवाद’लाई आर्थिक सहायता दिएको आरोपमा एक

एजेन्सी, ११ कार्तिक । अफ्रिकामा इबोलाको प्रकोप फैलिरहेका बेला प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा यस रोगबाट संक्रमित हुनेको संख्या १०