सुजुकी को नया स्कूटर बर्गम्यान १२५ को लंच तथा बृहत् र्याली घोराइमा हुदै

दाङ, २ फागुन । करिब एक महिना पहिले नेपाल भित्रिएको सुजुकीको स्कुटर बर्गम्यान स्ट्रिट १२५ को बिक्री शुक्रबारदेखि दाङमा समेत प्रारम्भ हुने भएको छ ।

नेपालमा सुजुकी टु ह्विलर्सको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सको दाङको घोराहीस्थित डिलर एमएस अटोले सुजुकी बर्गम्यान स्ट्रिट बिक्री–वितरण गर्नेछ । भोलि पत्रकार सम्मेलन गरी सो स्कुटर सार्वजनिक गरिने र याली निकालिनुका साथै ट्राफिक जनचेतनाको कार्य समेत गरिने एमएस अटोका निर्देशक माधव योगीले बताए ।

सो स्कुटरको मूल्य २ लाख २९ हजार ९ सय रुपैयाँ छ । सुजुकी बर्गम्यान स्ट्रिटमा १२५ सीसी फोर स्ट्रोक, सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन छ । यसले ८.७ पीएस पावर र १० एनएम टर्क प्रदान गर्छ । यसमा सीभीटी ट्रान्समिसन उपलब्ध छ । सुजुकी बर्गम्यान स्ट्रिट १२५ को डिजाइन निकै नै स्टाइलिस छ ।

यसमा बुलबायस बडीका साथै स्पोर्टी डिजाइन छ । यसमा ठूलो फ्रन्ट फेन्डर र रियर ग्रयाब रेल छ । त्यसैगरी एलईडी हेडलाइट र टेललाइट समेत छ । सुजुकी बर्गम्यान स्ट्रिट १२५ एक प्रकारको म्याक्सी स्कुटर हो ।

म्याक्सी स्कुटर एक प्रकारको टुरिङ स्कुटर हो, जसले हावाबाट चालकलाई बचाउँछ ।त्यसको लागि स्कुटरको अघिल्लो भागमा विशेष प्रकारको डिजाइन गरिएको हुन्छ र सामान्य स्कुटरभन्दा बढी आरामदायी हुन्छ । यसमा मल्टी–फङसनको स्लोट, अल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, १२ वाट चार्जिङ सकेट र अन्डर सिट स्टोरेज स्पेस उपलब्ध छ । साथै यसमा कम्बाइन्ड ब्रेकिङ सिष्टम पनि छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ भने देशभर मनसुनी वायु र पश्चिमी वायुको

काठमाडौँ, १२ असोज । सर्लाहीको गोडैता नगरपालिका–१ बहादुरपुरका एक वृद्धलाई लखन्देही खोलाले बगाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बहादुरपुर

काठमाडौँ, १२ असोज । धनकुटामा तास खेलेको आरोपमा प्रहरीले श्रम संस्कृति पार्टीका धनकुटा नगर सचिव तेजबहादुर मगरसहित आठ जनालाई नियन्त्रणमा लिएको

काठमाडौँ, १२ असोज । मनाङको हिमलुङ हिमपहिरोमा थप दुई शव फेला परेका छन् । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) ले