काठमाडौं, २ फागुन । आज बिहीबार सुनको मूल्य बढेको छ, भने चाँदी स्थिर रहेको छ ।
आज सुन तोलामा १ सयले बढेर छापावाला सुन प्रतितोला ६१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ६१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, आज चाँदी स्थिर रहदै प्रतितोला ७ सय ६५ रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





