शल्यक्रियासहितको निशुल्क शिविर

सप्तरी, १ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाको संयुक्त पहलमा राजविराजमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

बुधबार उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले दुई ठाउँमा गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल र पब्लिक विन्देश्वरी माविको खेल मैदानमा सुरु हुने उक्त शिविरको उद्घाटन गरेका छन  ।

मन्त्री यादवले गाउँमा बिरामी छन् । झुपडीमा बिरामीहरु बसिरहेका छन् । गरिबीका कारण, एक्लोपनाका कारण बिरामी बोकेर बस्न बाध्य भएकाहरुलाई शिविरसम्म पु¥याइदिन सबैसँग आग्रह गरेका छन ।

साथै उनले छोरीको शिक्षामा जोड दिन अभिभावकलाई आग्रह गर्दै भने,‘अहिले गरिबी छ र चेतनाको कमी देखिएको छ तर जब सबै घरका छोरी पढ्छन् परिस्थिति आफैं सुधार हुँदै जान्छ ।’

शिविरमा जनरल सर्जरी, हर्निया, पायल्स, पुरूष ग्रन्थी, हाइड्रोशिल, पिथथैली, तथा मिर्गौला पत्थरीसम्बन्धी शल्यक्रियासमेत गरिनेछ ।

यस्तै मुटु रोग, नाक, कान, घाँटी, छाला रोग, मानसिक रोग, स्त्री रोग पाठेघरसम्बन्धी समस्या, हाडजोर्नी, आँखासम्बन्धी रोगको उपचार र शल्यक्रियासमेत हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १२ कार्तिक । भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु भएको छ । घर, कृषिबाली र पूर्वाधारमा क्षति

एजेन्सी, १२ कार्तिक । स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको

एजेन्सी, ११ कार्तिक । रुसको एक सैन्य अदालतले युक्रेनी अभियानका लागि आर्थिक सहयोग उपलब्ध गराई ‘आतङ्कवाद’लाई आर्थिक सहायता दिएको आरोपमा एक

एजेन्सी, ११ कार्तिक । अफ्रिकामा इबोलाको प्रकोप फैलिरहेका बेला प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा यस रोगबाट संक्रमित हुनेको संख्या १०