काठमाडौं, १ फागुन । आज बुधबार सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा २ सयले घटेर छापावाला सुन प्रतितोला ६१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ६१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, आज चाँदी तोलामा ५ रुपयाँले घटेर प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





