अफवाहहरुको आयु छोटो हुन्छ : मन्त्री बाँस्कोटा

बुटवल, २९ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अफवाह हल्ला फैलाउनेहरुको आयु छोटो हुने बताउनुभएको छ । उहाँले काग कराउंदै गर्छ पिना सुक्दै जान्छ भनेझैँ सरकार हल्लाको पछि नलागी आफ्नो गतिमा अघि बढिरहने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले नेपाल पत्रकार महासङ्घ रुपन्देहीको सोमबारको कार्यक्रममा मन्त्री बाँस्कोटाले सत्ता गुमेको पीडामा लोकतन्त्रमाथि खतरा देख्ने, प्रेस स्वतन्त्रता हनन भएका जस्ता गलत हल्ला चलाइएको गुनासो पनि गर्नुभयो । मन्त्री बाँस्कोटाले कम्युनिष्ट नभएको भए देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आउन सम्भव नभएको बताउदै अर्को चुनावसम्म धैर्य गर्न काङ्ग्रेसलाई सुझाव दिनुभयो ।

पन्ध्र सालमा दुई तिहाइ ल्याएका बिपी कोइरालालाई पनि बदनाम गराएर लोकतन्त्रको हरण गराइएको बताउँदै उहाँले भन्नुभयो, “अहिलेको सरकारलाई बदनाम र असफल बनाएर के नेपाली काँग्रेस प्रतिगमनमा जान चाहन्छ रु”

उहाँले कम्युनिष्ट सरकारले काम गर्दा अरुलाई पीडा भएकाले त्यसलाई चर्चामा ल्याउनाको अर्थ नरहेको बताउदै अब कम्युनिष्ट सरकार पाँच वर्ष मात्रै नभई आउँदो चुनावमा पनि जनताको मन जितेर चुनाव जित्ने जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बागलुङ, १२ कार्तिक । बागलुङका विपद् संकटग्रस्त स्थानीय तहलाई सङ्घीय सरकारले पहिलो चरणमा दुई करोड रुपैयाँ अनुदान उपलव्ध गराएको छ

काठमाडौँ, १२ कार्तिक । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको गुनासो उचित रूपमा सम्बोधन गर्दै शान्ति सुरक्षा कायम गर्न र नागरिक

मोरङ, १२ कार्तिक । मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र  आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा