एजेन्सी, २९ माघ । अफगानिस्तानका पूर्वराष्ट्रपति सिब्घाटुल्लाह मुजाद्धादीको ९३ बर्षको उमेरमा निधन भएको छ ।
सोमबार राती उनको काबुलमै निधन भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएको छ । उनको बुधबार अन्त्येष्टि गर्ने कार्यक्रम तय भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
सन् १९९२ को अप्रिलमा मुजाद्धादीले अन्तरिम राष्ट्रपतिको रुपमा देशको सेवा गरेका थिए । त्यसैगरी उनी सन् २००३ मा ‘लोया जिर्गा’ अध्यक्ष पनि भएका थिए । पूर्वराष्ट्रपति मुजाद्धिद अफगानिस्तानको ‘नेसनल लिबरेसन फ्रन्ट’ नामक पार्टीको संस्थापक पनि हुन् ।





