नेपालले भारतलाई २–१ गोलको अन्तरले हरायो

काठमाडौं, २९ माघ । भारतमा भैरहेको हिरो गोल्डकप फुटबल प्रतियोगिताको खेलमा नेपालले भारतलाई जितेको छ ।

भुवनेश्वरको कालिङ्गा रंगशालामा सोमबार राति भएको खेलमा २–१ गोल अन्तरले हराएको हो ।

नेपाली खेलाडी सावित्रा भण्डारीले पहिलो हाफको पाँचौ र सातौं मिनेटमा गोल गरिन् । पहिलो हाफमा २–० ले अगाडि रहेको नेपालले त्यसपछि थप गोल गर्न सकेन ।

दोस्रो हाफको ८४औँ मिनेटमा भारतका लागि रत्नाबाला देवीले फ्रीकिकमार्फत गोल गरेर खेलमा फर्किने कोशिस गरेपछि पर्याप्त भएन ।

नेपाल आफ्नो पहिलो खेलमा म्यानमारसँग ३–० गोल अन्तरले पराजित भएको थियो । नेपालले अर्कोखेल बुधबार इरानसँग खेल्ने छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा