काठमाडौं, २८ माघ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिने भएका छन् ।
सोमबार पार्टी सानेपा कार्यालय गई अध्यक्ष शेरबहादुर देउवालाई राजीनामा बुझाउने उनले बताएका छन ।
पार्टीले अर्को निर्णय नभइन्जेलसम्म यसैलाई निरन्तरता दिने भनेता पनि अहिलेसम्म निर्णय नगरेको बताउदै उनले भने, खाली पदमा मात्र बसिराख्ने, लिजिटिमेसी पनि सकिने कुरा मन नपरेको बताए ।
सानेपास्थित कार्यालयमा नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । बैठकमा नेविसंघकैबारे छलफल हुने नेताहरुले बताएका छन् ।
नेविसंघमा ३२ वर्षे उमेर हद लागू गरी तदर्थ समिति बनाउने सहमति भएको बताइएको छ । यदपी कृष्ण प्रसाद सिटौला समूह भने यही कार्यसमितिलाई केही महिना थप गरी १२औं महाधिवेशन गर्न दिनुपर्ने पक्षमा छ ।







