विश्वको मानव इतिहासमै धेरै वर्ष बाँचेकी महिलाको मृत्यु

एजेंसी, २८ माघ । रुसमा विश्वको मानव इतिहासमै सबैभन्दा धेरै बाँचेको महिलाको १ सय २९ वर्षको उमेरमा मृत्यु भएको छ ।

रुस सरकारले उनी विश्व इतिहासमै सबैभन्दा धेरै बाँचेकी महिलामा कोकु इस्तम्बुलोभा रहेको दाबी गरेको छ ।

रुसको चेचेन्या सहरकी कोकु इस्तम्बुलोभा करीब ४७ हजार ८५ दिनसम्म बाँचिन् । यतिका धेरै दिनसम्म बाँच्दा उनी एक दिनमात्र खुसी  भइन् । जून दिन आफ्नो घरमा फर्किएकी थिइन् ।

त्यो घर उनी आफ्नै हातले बनाएकी थिइन् । तर चेचेन्याबाट विस्थापित भएका कजाखस्तान निर्वासनमा गएका कारण उनी आफ्नो घरमा बस्न पाएकी थिइनन् ।

गत जनवरी २७ मा चेचेन्यास्थित आफ्नै घरमा उनको मृत्यु भएको उनका नाति इलियास अबुबाकारोभले बताएका छन् । उनको जन्म मिति १ जुन १८८९ हो, यद्यपि पासपोर्टमा भने केवल १८८९ मात्र उल्लेख छ । उनका ५ जना नाति-नातिना र १६ जना पनाती-पनातिना छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानको समीक्षा समाजको पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्ने

काठमाडौँ, ३ असोज । आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी

काठमाडौँ, ३ असोज । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु र बाँकी

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको