गौरीशंकर स्कुलको अभिभावक दिवस

ललितपुर, २८ माघ । महालक्ष्मी नगरपालिका—२ इमाडोल, बालकुमारीस्थित गौरीशंकर इंगलिस बोर्डिंग सेकेण्डरी स्कुलको वार्षिक अभिभावक दिवस विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । सो विद्यालय हिलसाइड इन्जिनियरिंग कलेज कोटेश्वरको स्वामित्वमा सञ्चालित छ ।

महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठको प्रमुख आतिथ्य तथा विद्यालय सञ्चालक समितिका अध्यक्ष जर्नादन नेपालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

समारोहमा विद्यालयका स्काउट शिक्षक तथा सगरमाथा आरोही प्रकाशराज पाण्डे, भारतको अमृतसरमा हालै सम्पन्न तेस्रो अन्तराष्ट्रिय सोतोकान कराँतेमा ६५ केजी तौल समूहमा स्वर्णपदक विजेता छात्रा स्मारिका थापालाई पनि सम्मान गरिएको थियो ।

यसैगरि विद्यालयका प्रमुख प्रशासक नरहरि घिमिरेलाई विद्यालयका शिक्षक तथा अभिभावकहरुको तर्फबाट सम्मान गरिएको थियो । महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ, विद्यालय सञ्चालक समितिका अध्यक्ष जर्नादन नेपाल, शिक्षक अभिभावक संघका अध्यक्ष अर्जुन सत्यालले प्रमुख प्रशासक घिमिरे तथा नगरप्रमुख श्रेष्ठ तथा अध्यक्ष नेपालले सगरमाथा आरोही पाण्डे र कराते खेलाडी थापालाई सम्मान गरेका थिए ।

कार्यक्रममा विद्यालयकी प्रिन्सिपल लालकुमारी लामा विष्टले विद्यालयको शैक्षिक गतिविधिबारे प्रकाश पारेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ४ असोज । नेपालका नागरिक समाज, ट्रेड युनियन तथा जलवायु अभियन्ताहरूले जलवायुजन्य विपत्तिबाट भएको क्षतिको क्षतिपूर्ति, ऋण नथपिने गरी जलवायु

वीरगन्ज, ४ असोज । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २३ अर्ब ४६ करोड राजस्व संकलन गरेको छ । वीरगन्ज

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

नयाँ दिल्ली, ३ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको