ग्रामर स्कुलको रजत महोत्सव

काठमाडौँ, २८ माघ । ग्रामर पब्लिक स्कुल कोटेश्वरकोे स्थापनाको २५ औं वर्ष अर्थात रजत महोत्सव विविध कार्यक्रमको आयोजना गरि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मनाइयो ।

२०५० साल फागुन ८ गते ३२ जना विद्यार्थीका साथ स्थापना भएको सो विद्यालयमा हाल स्नातक तहसम्म १ हजार २६६ विद्यार्थी अध्ययनरत रहेको विद्यालयका संस्थापक प्रिन्सिपल राजकुमार राईले बताए । जयकुमार राई, राजकुमार राई, दिलेन्द्रकुमार राई र भरतकुमार राई समेत ४ जना मिलेर २५ वर्षअघि सो विद्यालय स्थापना गरेका थिए ।

विद्यालयको रजत महोत्सवको अवसरमा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले विद्यालयमा लामो समय सेवा गरेका शिक्षक, कर्मचारी तथा स्थानीय समाजसेवी र सहयोगीहरुलाई दीर्घसेवा पदक र प्रशंसापत्र प्रदान गरे ।

ग्रामर फाण्डेशनका अध्यक्ष पुरञ्जन राईको सभापतित्वमा औपचारिक उद्घाटन सत्र तथा ग्रामर स्कुल सञ्चालक समितिका अध्यक्ष जयकुमार राईको अध्यक्षतामा दोस्रो सत्र अर्थात सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा पुर्वप्रधानमन्त्री नेपाल, भोजपुर १ बाट संघीय सांसद सुदन किराँती, विद्यालयका सल्लाहकार प्रा.महेश्वरमान श्रेष्ठलगायतले नेपालको शिक्षा क्षेत्रमा नीजि विद्यालयहरुले पुरयाएको योगदानलाई अवमुल्यन गर्न नहुने कुरामा जोड दिए । त्यस अवसरमा विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ४ असोज । नेपालका नागरिक समाज, ट्रेड युनियन तथा जलवायु अभियन्ताहरूले जलवायुजन्य विपत्तिबाट भएको क्षतिको क्षतिपूर्ति, ऋण नथपिने गरी जलवायु

वीरगन्ज, ४ असोज । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २३ अर्ब ४६ करोड राजस्व संकलन गरेको छ । वीरगन्ज

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

नयाँ दिल्ली, ३ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको