काठमाडौं महानगरद्वारा नगरपालिकालाई १/१ करोड सहयोग

काठमाडौं, २७ माघ । काठमाडौं महानगरपालिकाले काठमाडौं जिल्लाका ९ वटा नगरपालिकालाई १/१ करोड सहयोग गरेको छ ।

आज राजधानीमा आयोजित कार्यक्रममा महानगरले नगर साझेदारी कार्यक्रमअन्तर्गत नगरपालिकाहरुलाई ९ करोड रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।

महानगरपालिकााक मेयर विद्यासुन्दर शाक्यले कीर्तिपुर, शंखरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बूढानीलकण्ठ, तारकेश्वर, नागार्जुन, चन्द्रागिरी र दक्षिणकाली नगरपालिकालाई प्रतिनगर १ करोड रुपैयाँ हस्तान्तरण गरेका हुन ।

उक्त महानगरपालिकााले उपलब्ध गराएको रकम नगरपालिकाहरुले हरियाली प्रबर्धन, सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माणका लागि खर्च गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बागलुङ, १२ कार्तिक । बागलुङका विपद् संकटग्रस्त स्थानीय तहलाई सङ्घीय सरकारले पहिलो चरणमा दुई करोड रुपैयाँ अनुदान उपलव्ध गराएको छ

काठमाडौँ, १२ कार्तिक । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको गुनासो उचित रूपमा सम्बोधन गर्दै शान्ति सुरक्षा कायम गर्न र नागरिक

मोरङ, १२ कार्तिक । मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र  आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा