सरस्वती पूजाको कार्यक्रममा सांसदको गोली हानी हत्या

एजेंसी, २७ माघ । भारतको पश्चिम बंगालका तृणमूल कांग्रेसका एकजना सांसदको गोली हानी हत्या भएको छ ।

सरस्वती पूजाका दिन आयोजित कार्यक्रममा सहभागी भएका तृणमूल कांग्रेसका सांसद सत्यजित विश्वासको गोली हानी हत्या भएको हो ।

कार्यक्रमको समयमा उनी मञ्चबाट ओर्लन लागेका बेला अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए । उक्त प्रहार गरेका बन्दुक भने प्रहरीले बरामद गरेको छ ।

तृणमूल कांग्रेसले भारतीय जनता पार्टीलाई घटनाको आरोप लगाएको छ । तृणमूल कांग्रेस पार्टीका महासचिव पार्थो चटर्जीले घटनाबारे आरोप लगाउँदै बीजेपीलाई बंगालका जनताले यो घटनाको जवाफ दिने चेतावनी पनि दिएका छन् ।

सत्यजित विश्वास कृष्णगञ्ज विधानसभा सिटबाट निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानको समीक्षा समाजको पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्ने

काठमाडौँ, ३ असोज । आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी

काठमाडौँ, ३ असोज । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु र बाँकी

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको