सडक यातायात क्षेत्रसँग सम्बन्धित पहिलो अन्तर्राष्ट्रिय सम्मेलन : एक दर्जन देशबाट सहभागी हुने

काठमाडौँ, २६ माघ । सडक यातायात क्षेत्रसँग सम्बन्धित पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ ।

कार्यक्रमको आयोजक Belt and Road International Transport Alliance (BRITA) तथा व्यवस्थापकमा नासा फाउन्डेसन तथा संयोजन नेपाल अटोमोवाइल्स एसोसिएसन (NASA) ले गर्ने भएको छ । उक्त कन्फ्रेन्स संचालन गर्नका लागि मेघराज पौड्यालको संयोजकत्वमा सचिवालय तथा आशिष गजुरेल लगायतको विज्ञ टिमको गठन गरिएको छ । आयोजनामा आगामी फेब्रुअरी २५, २६ र २७ मा ललितपुर स्थित होटल हिमालयमा आयोजना गर्न हुने आयोजकले एक विज्ञप्ती जारी गरी जानकारी गराएको छ ।

संगठन स्थापना सम्मेलन (बेइजिङ्ग) पश्चात दोस्रो अन्तराष्ट्रिय सम्मेलन “Belt and Road Initiative: Nepal Connecting the World– Benefits and Challenges”मा मूल विषयहरु Nepal with BRI, Infrastructure Development, Drive Tourism and Trade र Transport Safety रहेको आयोजकले जनाएको छ ।

नेपालमा मात्र नभई संसारभरी सकारात्मक प्रभाव पार्ने मित्रराष्ट्र चीनले प्रस्ताव गरेको द्यभति बलम च्यबम सम्बन्धि विभिन्न अभियानहरु विश्वब्यापी रुपमै संचालन भईरहेको विज्ञप्तीमा जनाइएको छ । छन् । सोहि सन्दर्भमा यसै वर्ष चीनको राजधानी बेइजिङ्गमा विश्वका ३३ वटा देश र संस्थाहरु सहभागी भई Belt and Road International  Transport Alliance (BRITA) नामक अन्तराष्ट्रिय संगठनको समेत निर्माण भएको छ ।

उक्त संगठनले मूलतः One Belt One Road  सम्बन्धि नीतिगत कार्यमा सहयोग, प्राविधिक शिप तथा ज्ञान हस्तान्तरण, जनस्तरबाट Belt and Road मा सहभागिता, Belt and Road का विभिन्न पक्षहरुमा सुझाव तथा लबिङ्ग, सभा, समारोह, तालिम तथा अध्ययन—अनुसन्धान लगायतका कार्यहरु गर्दछ ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालद्वारा उद्घाटन गरिने सो सम्मेलन Belt and Road Initiative अन्तर्गत नेपालमा भईरहेको सडक यातायात क्षेत्रसंग सम्बन्धित सम्भवत पहिलो अन्तराष्ट्रिय सम्मेलन हो । सम्मेलनमा चीन, भारत, संयुक्त अधिराज्य, लात्भिया, नाइजेरिया र मलेसिया लगायतका एक दर्जन देशका तीन दर्जन सहभागी हुने अपेक्षा आयोजकले गरेको छ ।

सडक सहितका पूर्वाधार, एसियन हाइवे, स्टार रेटिंङ्ग रोड्स, ड्राइभ टुरिजम र टुडे ट्रान्सपोर्ट ब्यबस्थापन र सुरक्षा जस्ता मूल विषयमा लगभग दुई दर्जन वक्ताहरुले कार्यपत्र प्रस्तुत गर्नु हुनेछ । कन्फ्रेन्समा इञ्जिनियर व्यवसायी, स्थानीय सरकारका प्रतिनिधि, केन्द्र तथा प्रदेश सरकारका प्राविधिक र पदाधिकारी, विभिन्न संघसंथाका प्रतिनिधि तथा कलेजहरुबाट १३० जनाको सहभागिता सहभागिता विज्ञप्तीमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको लागि सबैको हातेमालो आवश्यक रहेको बताएका छन् ।   आज

काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको