पत्रकार महासङ्घद्वारा न्यूनतम पारिश्रमिकबारे अनुगमन

काठमाण्डौ, २६ माघ ।  नेपाल पत्रकार महासङ्घले सञ्चारकर्मीको न्यूनतम पारिश्रमिकबारेमा अनुगमन गर्ने भएको छ ।

आइतबारदेखि श्रमजीवी पत्रकार ऐन अनुसार सञ्चारकर्मीको न्यूनतम पारिश्रमिक कार्यान्वयन भएको नभएको विषयमा सञ्चार प्रतिष्ठानमा स्थलगत अनुगमन गरिने महासंघले जनाएको छ ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा सरकारले निर्धारण गरेको नयाँ पारिश्रमिकअनुसार ‘क’ श्रेणीका राष्ट्रिय सञ्चारगृह अन्तर्गत काम गर्ने पूर्णकालीन पत्रकारको आधारभूत तलब २४ हजार ५ सय रुपैयाँ हुनुपर्ने छ ।

यस्तै, पत्रकार महासंघले विभिन्न प्रदेश र स्थानीय तहका आमसञ्चार नीति तथा विधेयकमा अभिव्यक्ति स्वतन्त्रता सङ्कुचन गर्ने प्रावधान रहेको पाइएकाले त्यस्ता प्रावधान तत्काल  सच्याउनसमेत माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको साथै बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को पनि प्रभाव रहने

काठमाडौँ, ११ कार्तिक । धनुषाबाट एक बालक एक सातादेखि बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, धनुषाका अनुसार धनुषाको नगराइन

काठमाडौँ, ११ कार्तिक । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन-असोज) मा नेपालले करिब साढे ४ अर्ब रुपैयाँ

पोखरा, ११ कार्तिक । पोखराको न्युरोडमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  अन्नपूर्ण गाउँपालिकाको नौडाडाका आशिष कुँवरको मृत्यु