विषाक्त मदिरा सेवन गर्दा २८ जनाको मृत्यु

एजेन्सी, २५ माघ । भारतमा विषाक्त मदिरा सेवनबाट २८ जनाको मृत्यु न्हाएको छ।

भारतको युपीको सहारनपुर जिल्लाको देवबन्द क्षेत्रमा विशाक्त मदिरा सेवनले ५ जनाको मृत्यु भएको छ । त्यस्तै, उत्तर प्रदेशको कुशीनगरमा पनि विषालु मदिराको सेवनबाट ९ जनाको मृत्यु भएको छ

त्यस्तै, उत्तराखण्डको रुडकीमा विषाक्त मदिरा सेवनकै कारण १२ जनाको मृत्यु भएको जनाएको छ । भारतको बिहार, उत्तर प्रदेश र उत्तरखाण्डमा विषाक्त मदिरा सेवनले अन्य केही व्यक्ति गम्भीर बिरामी परेका छन् । युपीको सहारनपुर जिल्लाको देवबन्द क्षेत्रममा १० जना गम्भीर बिरामी परेको छन् ।

गम्भीर बिरामी सबैलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ  । उक्त घटनालाई लिएर उत्तराखण्ड सरकारले १३ सरकारी अधिकारी र चार प्रहरीलाई निलम्बन गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । दीपकराज गिरी र दीपाश्री निरौलाको आगामी फिल्म ‘छ माया छपक्कै २’ दशैंको फूलपातीदेखि देशब्यापी प्रदर्शनमा आउने भएको

काठमाडौँ, २ असोज । फिल्म ‘बेहुली’को कमाइ २ करोड २७ लाख रुपैयाँ ग्रस गरेको छ । पहिलो साता सुखद ब्यापार गर्दै

काठमाडौँ, २ असोज । फिल्म ‘बखत्ते’ को शुभ मुहूर्त गरिएको छ । ‘बखत्ते’को आज ललितपुर अवस्थित महालक्ष्मी मन्दिर परिसरमा शुभ मुहूर्त

काठमाडौँ, २ असोज । आजबाट हलमा तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आए । फिल्म हुन् ‘झिँगे दाउ २’, ‘कार्की साइला’ र