दफावार छलफलका लागि चार विधेयक विधायन व्यवस्थापन समितिमा

काठमाडौँ, २५ माघ । राष्ट्रियसभाबाट चारवटा विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ‘ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेश गर्नुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो ।

अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘निवृत्तभरण कोष विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेश गर्नुभयो । उहाँले नै ‘नागरिक लगानी कोष ९दोस्रो संशोधन० विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेश गर्नुभयो ।

सभाका सचिव राजेन्द्र फुँयालले सभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक, २०७५’ लाई प्रतिनिधिसभाबाट पारित भएको जानकारी गराउनुभएको थियो ।
सभाको अर्को बैठक माघ २९ गते बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको साथै बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को पनि प्रभाव रहने

काठमाडौँ, ११ कार्तिक । धनुषाबाट एक बालक एक सातादेखि बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, धनुषाका अनुसार धनुषाको नगराइन

काठमाडौँ, ११ कार्तिक । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन-असोज) मा नेपालले करिब साढे ४ अर्ब रुपैयाँ

पोखरा, ११ कार्तिक । पोखराको न्युरोडमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  अन्नपूर्ण गाउँपालिकाको नौडाडाका आशिष कुँवरको मृत्यु