नेकपाका सांसदले घरभाडा नलिने : अहिलेसम्म बुझेको रकमलाई कोषमा जम्मा गर्ने

रुपन्देही, २५ माघ । प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नकेपा)बाट प्रतिनिधित्व गर्ने रूपन्देहीमा घर भएका सांसदले घरभाडा नलिने घोषणा गरेका छन् भने अहिलेसम्म बुझेको रकमलाई कोषको रुपमा जम्मा गर्ने भएका छन् ।

माघ महीनादेखि लागू हुने गरी घरभाडा नलिने निर्णय भएको नेकपाले जनाएको छ । सांसदहरूले घरभाडास्वरूप प्रतिमहीना रु १५ हजार बुझ्दै आएका थिए ।

प्रदेशको राजधानी भएको जिल्लामा घर हुने सांसदलाई नेकपा संसदीय दलको बैठकले घरभाडा नलिन आग्रह गरेकाले उनीहरुले भाडा नलिने घोषणा गरेका हुन् । भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ, दधीराम न्यौपाने, डा कृष्ण न्यौपाने, कमला विकले हस्ताक्षर गरी प्रदेशसभा सचिवालयमा भाडा नलिने जानकारी गराउनुभएको हो ।

जिल्लाबाट प्रतिनिधित्व गर्ने थानकुमारी थापा, विमला पन्थी, दीपा विक, सुनिता थटेरलगायत सांसद भाडामा बस्दै आउनुभएको छ ।

भाडाका विषयमा काङ्ग्रेस सांसदले भने कुनै निर्णय गरेका छैनन् । सतासी सदस्यीय प्रदेशसभामा रूपन्देहीबाट एक मन्त्रीसहित १८ सांसदले प्रतिनिधित्व गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको साथै बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को पनि प्रभाव रहने

काठमाडौँ, ११ कार्तिक । धनुषाबाट एक बालक एक सातादेखि बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, धनुषाका अनुसार धनुषाको नगराइन

काठमाडौँ, ११ कार्तिक । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन-असोज) मा नेपालले करिब साढे ४ अर्ब रुपैयाँ

पोखरा, ११ कार्तिक । पोखराको न्युरोडमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  अन्नपूर्ण गाउँपालिकाको नौडाडाका आशिष कुँवरको मृत्यु