संविधानअनुसार नै राजदूत नियुक्ति समावेशी बनाइन्छ : मन्त्री ज्ञवाली

काठमाडौँ, २४ माघ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राजदूत नियुक्ति प्रकृया संविधान अनुसार नै समावेशी बनाउने बताउनुभएको छ ।

बिहीबार संसदीय सुनुवाइ विशेष समितिमा उहाँले भन्नुभयो, ‘आइन्दा राजदूत नियुक्ति गर्दा संविधानको मर्मअनुसार हुनेछ ।’

मन्त्री ज्ञवालीले परराष्ट्र मन्त्रालयले अन्य देशहरुसँगको सम्बन्ध तथा त्यसको अपेक्षका बारेमा अध्ययन गरेर प्रोफाइल बनाइरहेको जानकारी दिुभयो । मन्त्री ज्ञवालीले ५ देशमा नेपालको राजदूत खाली रहेको पनि संसदीय समितिमा जानकारी दिनुभयो । बंगलादेश, स्पेन, दक्षिण कोरिया, दक्षिण अफ्रिकासहित ५ देशमा भने राजदूत नभएको जानकारी गराउनुभयो । हाल २८ देश तथा नियोगमा नेपाली राजदूतहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको साथै बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को पनि प्रभाव रहने

काठमाडौँ, ११ कार्तिक । धनुषाबाट एक बालक एक सातादेखि बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, धनुषाका अनुसार धनुषाको नगराइन

काठमाडौँ, ११ कार्तिक । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन-असोज) मा नेपालले करिब साढे ४ अर्ब रुपैयाँ

पोखरा, ११ कार्तिक । पोखराको न्युरोडमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  अन्नपूर्ण गाउँपालिकाको नौडाडाका आशिष कुँवरको मृत्यु