डा. भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी विलयको संकेत : जिल्ला कमिटी नै नेकपामा प्रवेश

जाजरकोट, २४ माघ । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल विलयको संकेत देखिएको छ ।

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको जाजरकोट जिल्ला कमिटी नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० मा समाहित भएको छ ।

कुशे गाउपालिका स्थतरीय नेकपाको अगुवा कार्यकर्ता भेलामा नयाँ शक्तिको जिल्ला अध्यक्षसहित कमिटी नै समाहित भएको हो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य निरज आचार्यले नयाँ जनशक्ति पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष महेन्द्र शर्मालाई प्रमुख अतिथिको हैशियतले स्वागत गर्नुभएको थियो ।

आचार्यका अनुसार माघ २५ गते नयाँ शक्तिका जिल्ला कमिटी सदस्यहरुलाई नेकपामा प्रवेश स्वागत गरिनेछ । सोही कार्यक्रममा दलीत जनजाती पार्टीकी समानुपाितक उम्मेद्वार पवित्रा चदारा, नेपाली काङ्ग्रेसका राजेन्द्र हमाल र हृदराम जैसी पनि नेकपा प्रवेश गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको साथै बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को पनि प्रभाव रहने

काठमाडौँ, ११ कार्तिक । धनुषाबाट एक बालक एक सातादेखि बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, धनुषाका अनुसार धनुषाको नगराइन

काठमाडौँ, ११ कार्तिक । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन-असोज) मा नेपालले करिब साढे ४ अर्ब रुपैयाँ

पोखरा, ११ कार्तिक । पोखराको न्युरोडमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  अन्नपूर्ण गाउँपालिकाको नौडाडाका आशिष कुँवरको मृत्यु