काठमाडौं, २४ माघ । आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।
आज बिहीबार सुन तोलामा ४ सयले घटेर प्रतितोला ६२ हजार रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ६१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, चाँदी तोलामा ५ रुपयाँले घटेर प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





