केही दिनमै पार्टी एकता प्रक्रिया टुङ्गीएको सन्देश आउँछ : अध्यक्ष प्रचण्ड

सिन्धुपाल्चोक, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको केहीदिनै तल्लो स्तरसम्म पार्टी एकता द्धुङ्गीएको सन्देश आम नागरिकमा आउने बतउनुभएको छ ।

बुधबार चौतारा साँगाचोकगढी नगरपालिका–४ स्थित सेतीदेवी पञ्चकन्या माविको ४२ औं बार्षिकोत्सवमा उहाँले छिट्टै देशभर एकताको सन्देश दिने बताउनुभयो ।

सचिवालय बैठकले कार्यदललाई छिटो प्रतिवेदन बुझाउन निर्देशन दिएको र अब बस्ने सचिवालय बैठकले त्यसलाई पारित गर्ने उहाँले जानकारी गराउनुभयो । उहाँले सचिवालयले बनाउने एकताको मोडललाई स्थायी कमिटी बैठकले अन्तिम रुप दिएपछि देशभर एकताको सन्देश लिन कार्यक्रम गर्ने बताउनुभयो । उहाँले फागुन र चैत महिनाभर पार्टी एकताको सन्देश लिएर नेताहरु गाउँ गाउँ जनतासामु जाने कार्यक्रम बनाउने समेत बताउनुभयो ।

उहाँले बर्तमान सरकारले युगन्तकारी परिर्वतन गरेको र त्यसको नतिजा अब बिस्तारै बाहिर पनि देखिने र सरकारको काम स्पष्ट हुने बताउनुभयो । सामुदायिक विद्यालयको अवस्था सुधार गर्न सरकार लागेको र त्यसका लागि नयाँशिक्षा ऐन ल्याउन खोजेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको साथै बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को पनि प्रभाव रहने

काठमाडौँ, ११ कार्तिक । धनुषाबाट एक बालक एक सातादेखि बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, धनुषाका अनुसार धनुषाको नगराइन

काठमाडौँ, ११ कार्तिक । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन-असोज) मा नेपालले करिब साढे ४ अर्ब रुपैयाँ

पोखरा, ११ कार्तिक । पोखराको न्युरोडमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  अन्नपूर्ण गाउँपालिकाको नौडाडाका आशिष कुँवरको मृत्यु