अनावश्यक कुरामा उचाल्ने कांग्रेस, मानवअधिकारकर्मी र पत्रकारलाई छानविन गर्नुपर्छ : सांसद बस्नेत

काठमाडौँ, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नतले कञ्चनपुरकी १३ वर्षिया बालिकाको हत्या प्रकरणमा अनावश्यक रुपमा उचाल्ने प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेस, मानवअधिकारकर्मी तथा केही पत्रकारलाई छानविन गरि कारवाही गर्नुपर्ने बताउनुभएको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलसँगको प्रश्नोत्तर सत्रमा बोल्दै सांसद बस्नेतले सरकारबाट अनुसन्धान जारी राखेको अवस्थामा निर्मला हत्या प्रकरणमा छानविन प्रकृयामा नै असर पर्ने गरी अनावश्यक उचाल्नेहरुमाथि पनि छानबिन गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

बैठकमा बोल्दै सांसद बस्नेतले सरकारले गम्भीर अनुसन्धान गर्दा गर्दै पनि निर्मला प्रकरणलाई अनावश्यक उचाल्ने काम भएको बताउँदै निर्मला प्रकरण प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पनि राजनीति गर्ने विषय बनाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अनुसन्धानको ९६ प्रतिशत काम सकिएको भन्नेमा बधाई छ । तर कञ्चनपुर प्रहरी प्रमुख बनाएर दिल्लीराज विष्टलाई खटाउनेमाथि कारबाहीको प्रक्रिया के हुँदैछ रु अनुसन्धानको दायरा विष्टलाई एसपी बनाएर राख्ने तत्कालीन नेतृत्वतिर पनि केन्द्रित गर्न अनुरोध गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित