बेबिलोनमा खाना पकाउने प्रतियोगिता

काठमाडौं, २३ माघ । बेबिलोन नेशनल स्कूल शान्तिनगर अन्तर्गत गठन भएको बेबिलोन स्काउट ट्रुपमा आवद्ध स्काउटहरुबीच खाना पकाउने प्रतियोगिता आयोजना गरिएको छ ।

अनुशासित, मितव्ययी, आत्मनिर्भर र स्वावलम्वी बनाउने शैक्षिक अभियान ‘स्काउट’ शिक्षा लिएका विद्यार्थीवीच उनीहरुले सिकेको कुरा व्यवहारमा उतार्न खाना पकाउने प्रतियोगिता आयोजना गरिएको हो ।

विद्यालय हातामा उनीहरुले पकाएको स्वादिष्ट परिकार विद्यालयका प्रिन्सिपल राजु राई, भाइस प्रिन्सिपल रीता राई, विद्यालय—अभिभावक संयोजक कमला केसी, स्काउट गुरु रञ्जनलाल श्रेष्ठ लगायत शिक्षकहरुले चाखेर उनीहरुको खाना पकाउने कलाको मुल्यांकन गरेका थिए ।

विजयी स्काउट टोलीलाई पुरस्कारको साथै खाना पकाउने प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई कुकिंग ब्याच दिइएको छ । बेबिलोनका स्काउटहरु विभिन्न सामाजिक कार्यमा पनि सहभागी हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्याशित र आकस्मिक रूपमा आएको बाढीका कारण स्थिति गम्भीर र

काठमाडौँ, १० भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवामा आएको बाढीले गरेको ठूलो क्षति गरेकोप्रति दुःख व्यक्त गरेका

काठमाडौँ, १० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रसुवामा आएको बाढीका कारण उत्पन्न विपद्को घडीमा नागरिकको

काठमाडौँ, १० भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सद्भाव, एकता, मेलमिलाप र समावेशी लोकतन्त्रको प्रवद्र्धनमा सामुदायिक रेडियोले खेलेको भूमिका नेपालमा