नयाँ मिसाइल बनाउने रुसको घोषणा

एजेन्सी, २३ माघ । नयाँ मिसाइल बनाउने काम सुरु गरेको रुसले घोषणा गरेको छ ।

आईएनएफ सन्धिले छोटो र मध्यम दुरीका मिसाइल प्रयोगमा प्रतिबन्ध लगाइएको थियो । आईएनएफ सन्धिले जमिनबाट मार हान्ने मिसाइल प्रयोगमा प्रतिवन्ध थियो तर समुद्र र हावाबाट प्रहार गर्ने मिसाइलमा भने प्रतिवन्ध छैन ।

रुसका रक्षामन्त्री सर्गेइ शोयगूले मंगलबार भनेका छन् ‘दुई वर्षमा रुसले जमिनबाट मार हान्ने नयाँ मिसाइल बनाउने लक्ष्य राखेको छ ।’

रुसी रक्षामन्त्री शोयगूले भनेका छन्, ‘अमेरिकाले पहिलेदेखि नै सम्झौताको उल्लंघन गर्‍यो । अमेरिका पाँच सय किलोमिटरभन्दा टाढासम्म प्रहार गर्न सक्ने मिसाइल बनाउन सक्रिय रुपमा लागिरहेको छ । जुन सन्धिको सीमाभन्दा बाहिरको कुरा हो । यस्तो स्थितिमा रुसी राष्ट्रपतिबाट जस्तालाई त्यस्तै जवाफ दिन निर्देशन प्राप्त भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । दीपकराज गिरी र दीपाश्री निरौलाको आगामी फिल्म ‘छ माया छपक्कै २’ दशैंको फूलपातीदेखि देशब्यापी प्रदर्शनमा आउने भएको

काठमाडौँ, २ असोज । फिल्म ‘बेहुली’को कमाइ २ करोड २७ लाख रुपैयाँ ग्रस गरेको छ । पहिलो साता सुखद ब्यापार गर्दै

काठमाडौँ, २ असोज । फिल्म ‘बखत्ते’ को शुभ मुहूर्त गरिएको छ । ‘बखत्ते’को आज ललितपुर अवस्थित महालक्ष्मी मन्दिर परिसरमा शुभ मुहूर्त

काठमाडौँ, २ असोज । आजबाट हलमा तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आए । फिल्म हुन् ‘झिँगे दाउ २’, ‘कार्की साइला’ र