क्यानमाथि लागेको निलम्बन चाँडै फुकुवा हुन्छ : मन्त्री विश्वकर्मा

काठमाडौँ, २२ माघ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले छिटै नेपाल क्रिकेट सङ्घ (क्यान)माथि लगाएको निलम्बन फुकुवा हुने बताएका छन् ।

मंगलबार काठमाडौँमा साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले आइसिसीले दिएको रोडम्याप अनुसार क्यानको ५ सदस्यीय तदर्थ समिति गठन गरेर नयाँ नेतृत्वका लागि चुनावको तयारी भइरहेको बताए ।

आइसिसीले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । मन्त्री विश्वकर्माले क्यानका निर्वाचित पदाधिकारीले अदालतमा मुद्दा हालेकाले निलम्बन फुकुवा गर्न ढिलाइ भएको बताए । साथै सरकारकै पहलमा निर्वाचित पदाधिकारीलाई मुद्दा फिर्ताको निवेदन दिन लगाइसकिएकाले   क्यानमाथिको निलम्बन फुकुवा हुने बताएका छन ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले युएइविरुद्धको टि–२० र एक दिवसीय शृङ्खला जितेर आएका खेलाडीलाई जनही रु पाँच लाख दिएर सम्मान गर्ने निर्णय गरेको पनि मन्त्री विश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित