मानिसका नैसर्गिक अधिकारलाई स्थापीत गराउनु तीनै तहका सरकारको दायित्व : सांसद बस्नेत

काठमाडौँ, २१ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले शिक्षा, स्वास्थ्य, जन्मदर्ता लगातयतका मानिसको नैसर्गिक अधिकारहरुलाई स्थापित गराउनु राज्यका तीन तहका सरकारको दायित्व भएको बताउनुभएको छ ।

भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका वडा नं. १ मनोहरा सुकुम्वासी बस्तीमा रहेको सरस्वती आधारभुत विद्यालयको १३औं वार्षिकोत्सव तथा नवनिर्मित भवनको उद्घाटन गर्दै सांसद बस्नेतले कुनै पनि विकास निर्माणका कार्यमा निरास र कुण्ठित हुनु नपर्ने बताउँदै विकासमा एकताबद्ध भई सहकार्य गर्न आग्रह गर्नुभएको छ ।

उहाँले नेपाल सरकार पूनःनिर्माण अन्तर्गतको अभियानमा भक्तपुरमा ४० भन्दा बढी भवन निर्माण भएको, जसमध्येको एक स्वरस्वती निमावि रहेको जानकारी गराउँदै बस्तीमा विद्यालय भवन बनाउन कसैले बाधा व्यवधान गर्नु नहुने बताउनुभयो ।

जनताको भोट चल्ने, श्रम चल्ने तर विकासमा समर्थन नगर्नु दुःखद् भएको भन्दै पूर्वमन्त्री समेत रहनुभएका सांसद बस्नेतले समस्यालाई वैज्ञानिक तथा कानुनको नजरलेमात्र नभई मानविय नजरले हेर्नु पर्नेमा जोड दिनुभयो । उहाँले काम गर्ने तरिका र आवश्यकतालाई मध्यनजर गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

सुकुम्वासी वस्ती उठे उक्त ठाउँमा नयाँ सहर तथा बस्तीको विकास हुने भन्दै सांसद बस्नेतले भवन खेर जान्छ भनेर चिन्ता लिनु नपर्ने बताउनुभयो । उहाँले वडा र नगरपालिकाले उक्त भवनलाई स्वीकृत दिन कन्जुस्यायी गर्नु नहुने बताउनुभयो ।

उहाँले अर्को भवन निर्माण गर्न स्थानीय तहले व्यवस्थापन नगरे अर्को कुनै विकल्प प्रयोग गरी व्यवस्थित शिक्षा प्रणाली र आधुनिक शिक्षण पद्धतिको साथमा आधुनिक अध्ययनको वातावरण सिर्जना गराउन आफ्नो निरन्तर सहयोग रहने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।

जनताका प्रतिनिधिले समस्या भएकै ठाउँमा गई बहस गर्नुपर्ने बताउँदै सांसद बस्नेतले वडाध्यक्षले भवन निर्माणलाई आफ्नो वडाको लाभको रुपमा लिनुपर्छ, विकासमा पछि पर्नु नहुने बताउनुभयो । सांसद बस्नेतले सुकुम्वासी बस्तीमा विजुलीको मिटर, भवन नक्सापास लगायतका समस्यालाई समाधान गर्न आफुले पुलको भूमिका निर्वाह गर्दै वडाध्यक्ष तथा नगरपालिकासँग छलफल गर्ने समेत बताउनुभयो ।

बस्तीमा हार्दिकताको वातावरण सिर्जना भइरहेको बताउँदै सांसद बस्नेतले आगामी तीन चार महिनामा मनोहराको करिडोर निर्माण सम्पन्न गराउने, जसको प्रयोगबाट जडिवुटी–कोटेश्वरको जामलाई स्थायी रुपमा समाधान गर्ने बताउनुभयो ।

त्यस्तै सुकुम्वासी वस्तीको हितमा हुने गरी समस्या समाधान गर्ने प्रस्ताव रहेको आफुले गरेको बताउँदै सांसद बस्नेतले बस्तीका सुख दुःखलाई आफुले सुन्ने र बुझ्ने गरेको बताउनुभयो ।

उक्त विद्यालय जिल्ला आयोजना समन्वय समिति (शिक्षा)को ३० लाख ३१ हजार तथा अन्य बाँकी स्थानीय व्यक्तिहरुको सहयोगमा रु ७५ लाखको लागतमा निर्माण भएको विद्यालयका प्रधानाध्याप इन्दिरा महत तथा आयोजनाका प्रमुख डिलेश्वर प्रधानले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित