टी-२० सिरिज जितेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वेदश फर्किए

काठमाडौँ, २१ माघ । तेस्रो तथा अन्तिम खेलमा यूएईलाई १४ रनले हराउँदै नेपालले ऐतिहासिक टी-२० सिरिज जितेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वेदश फर्किएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूवा तथा खेलकुदमन्त्री जगत बिश्वर्कमा र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले क्रिकेट खेलाडीहरुलाई स्वागत गरेका छन ।

विमानस्थलमा स्वागत गर्ने पुगेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले क्रिकेट खेलाडीहरुलाई प्रत्येक खेलाडीलाई ५ लाख दिन मन्त्रालयमार्फत प्रस्ताव लैजाने समेत बताएका छन ।

आइतबार भएको तेस्रो तथा अन्तिम टी–२० खेल नेपालले यूएईलाई १४ रनले पराजित गरको थियो । यससँगै नेपालले टी–२० सिरिजमा २–१ को जित हात पारेको थियो ।

नेपालले सिरिजसँगै वान डेमा शतक प्रहार गरेका कप्तान पारस खड्काले म्यान अफ द सिरिज भए । टी–२० मा युवा बलर अभिनाश बोहोरा म्यान अफ द सिरिज चुनिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा