नेपालको ऐतिहासिक जित : पहिलो टी-२० क्रिकेट सिरिजमा विजयी

काठमाडौँ, २० माघ । तेस्रो तथा अन्तिम खेलमा यूएईलाई १४ रनले हराउँदै नेपालले ऐतिहासिक टी-२० सिरिज जितेको छ ।

वर्षाका कारण १० ओभरमा छोट्याइएको थियो । खेलमा नेपालले यूएईलाई १०५ रनको लक्ष्य दिएको थियो । तर, यूएईले ८ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो ।

कप्तान पारस खड्काले ललित राजवंशीलाई बल दिएसँगै पहिलो र दोस्रो बलमा विकेट लिएका उनले मात्र ५ रन दिँदै नेपाललाई पहिलो टी-२० सिरिज दिलाए । सन्दीप लामिछानेको त्यो ओभरमा २० रन जोडेको थियो । पहिलो विकेटका लाम गुलाम शब्बर र अस्फाक अहमदले २९ रनको साझेदारी गरे । तर, दोस्रो ओभरको अन्तिम बलमा सोमपाल कामीले अस्फाकको विकेट लिए ।

आठौं ओभरमा करण केसीले उत्कृष्ट बलिङ गर्दै चार रन खर्चेर दुई विकेट लिएपछि खेल नेपालको पक्षमा आएको थियो । यो ओभरमा करणले आक्रमक ब्याटिङ गरिरहेका साइमन अनवरलाई ३० रनमा आउट गरेका थिए । कप्तान मोहम्मद नाभिद पनि उनको शिकार भए ।

नेपालका करण, ललितसँगै अविनाश बोहोराले २-२ विकेट लिए भने सन्दीप र सोमपालले १-१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असोज । सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका

काठमाडौँ, ३० असोज । काठमाडौँबाट ओखलढुंगा गइरहेको यात्रु बाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार

काठमाडौँ, ३० असोज । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ

काठमाडौँ, ३० असोज । नेपाल राष्ट्र बैंकले ठूला चाडपर्वलाई लक्षित गरी वालेटमा रकम जम्मा गर्न सकिने सीमा बढाएको छ । केन्द्रीय