द्वन्द्वपिडितले न्यायको निम्ती धाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ : सांसद जिसी

काठमाडौँ, २० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली नेतृ तथा प्रतिनिधिसभाको सांसद मनकुमारी जिसीले द्वन्द्वकालिन समयका पिडितले न्यायको निम्ती कुनै राजनीतिक नेता, राज्यका मुख्य मुख्य व्यक्ति वा निकायमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै व्यवस्थित काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

आजको प्रतिनिधिसभाको बेपत्ता परिएका मानिसको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद थप्ने प्रस्तवका सवालमा आफ्नो धारणा प्रस्तुत गर्दै सांसद जिसीले बास्तविक पिडितको भावना तथा मन नटुट्ने गरी काम गर्नेपर्ने बताउनुभयो । उहाँले आयोगको म्याद थप्ने मात्र नभई प्रभावकारी र जनमुखि काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सांसद जिसीले आयोगले पिडित तथा वेपत्ता परिवारको सन्तानहरुलाई व्यवस्थित तथा सुरक्षित हुने प्रकारको वातावरण सिर्जना गुर्नपर्ने भन्दै पिडितको भावनालाई सम्मान तथा सुरक्षित हुने प्रकारको काम द्रुत गतिमा काम गर्नेछ भन्ने विश्वास लिएको बताउँनुभयो । उहाँले आयोगले काम र कर्तव्यलाई निष्ठापूर्वक सम्पन्न गराउनुपर्नेमा जोड दिनुभएको छ ।

द्वन्द्वकालमा पुगेका क्षतीलाई गम्भीरतापूर्वक आयोगले काम गर्नुपर्ने बताउँदै सांसद जिसीले आयोगमा २५०० भन्दा बढी मुद्धाहरु रहेको जानकारी गराउनुभयो । उहाँले हालसम्म भएका प्रगतिलाई सार्वजनिक गर्दै जानुपर्नेमा समेत जोड दिनुभयो ।

द्वन्द्वकालमा करिव १५०० जना मानिस वेपत्ता भएका छन् भने ९ हजार भन्दावढी अंगभंग भएका छन् । त्यस्तै ८० हजारभन्दा वढी विस्तापित भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असार । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । विभागले आज जारी गरेको

काठमाडौँ, १८ असार । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से सूचक ८.७८ अङ्कले

काठमाडौँ, १८ असार । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई सरुवा गरेको छ । आज बसेको

काठमाडौँ, १८ असार । ‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा