मुलकको विकास र समृद्धिको वाधक आन्दोलन : मन्त्री यादव

विराटनगर, १९ माघ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलकको विकास र समृद्धिको बाधक आन्दोलन भएकाले आन्दोलन गर्ने सोच त्याग्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा मन्त्री यादवले आर्थिक समृद्धिको अभियानमा मुलुक अगाडी बढेकाले अब आन्दोलनको औचित्य नभएको वताउदै सहमति र सहकार्यबाट समस्याका समाधान निकाल्नुपर्नेमा जोड दिनुभयो ।

निजी क्षेत्रको समस्याप्रति सरकार गम्भीर भएको उल्लेख गर्दै उहाँले औद्योगिक उत्पादन वृद्धि गरेर वैदेशिक व्यापार घाटा कम गर्नेतर्फ लाग्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “समृद्ध नेपाल सुखी नेपाली सबै नेपालीको साझा लक्ष्य भएकाले यसलाई सफल वनाउन सबैको सहयोग र सहकार्य आवश्यक छ ।”

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले बैँकले लिने ब्याजलाई सरकारले अविलम्व घटाउनुपर्ने माग गर्दै विगत केहीदिनदेखि विरोधका विभिन्न कार्यक्रम गरिरहेको सन्दर्भमा मन्त्री यादवले सो कुरा भन्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित