काठमाडौँ, १८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली संगठन युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले द्वन्द्वकालिन मुद्धालाई उठान गरी पुनः देशमा द्वन्द्व निम्त्याउन प्रयास गर्ने तथा सरकारको सेवा सुविधा लिएर सरकार विरोधी प्रदर्शनमा समेल भएका डाक्टरहरुलाई वर्खास्त गर्नुपर्ने बताउनुभएको छ ।
कन्जुमर आइ नेपालले आयोजना गरेको उपभोक्तसँग होटल, रेस्टुरेन्ट तथा बारहरुले लिदै आएको अतिरिक्त १० प्रतिशत सेवा शुल्क हटाउने निर्णयको स्वागत तथा प्रभावकारी कार्यान्वयन र अनुगमनको लागि सरोकारवाला निकायहरुको भूमिका सम्बन्धी छलफल कार्यक्रममा अध्यक्ष पोडेलले डा. केसीले द्वन्द्वकालिन मुद्धाहरुलाई उठान गरी देशमा भएको शान्ति र स्थायीत्व डा. केसी र उहाँका मालिकहरुलाई मन नपरेका कारण उक्त माग राखी अनसनमा बसाएको बताउनुभयो ।
उहाँले डा. केसीले अनसनलाई त्यागेर वार्ता तथा विरामीको उपचारमा आउनु नै अहिलेको आवश्यकता रहेको बताउँदै अध्यक्ष पौडेलले सर्वसाधारण तथा निरिह जनताको बाच्न पाउने र उपचार गर्न पाउने अधिकारलाई नखोस्न डा. केसी र नेपाली काग्रेसलाई आग्रह समेत गर्नुभएको छ ।
उहाँले डा. केसीले जनताको सरकार, सम्मानीत सर्वोच्च अदालतको समेत खिल्ली उडाएको बताउनुभयो । सर्वोच्च अदालतले कुनै पनि स्वास्थ्य संस्था तथा क्षेत्रमा बन्द, हड्ताल, अनसन लगायतका कार्यहरु गर्न नपाईने स्पष्ट रुपमा तोकेको तर त्यसलाई डा. केसी लगायतका केही राजनीतिक स्वार्थ बोकेका डाक्टरहरुले अदालत माथि नै चुनौति दिइरहेको बताउनुभयो ।
अध्यक्ष पौडेलले बारम्वार अनसन बसर डा. केसीको स्वास्थ्य गम्भीर समस्य भएको आफ्नो बुझाइ रहेको बताउँदै डा. केसीलाई मानसिक डाक्टरसँग पनि कन्सल्टेन्ट गरी उपचार दिन आग्रह समेत गर्नुभएको छ ।







