सांसद बस्नेतद्वारा नगदेश प्रवेशद्वारको शिलान्यास : सांसद विकास कोषको रकमबाट विकास निर्माण तिव्र

भक्तपुर, १७ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आफ्नो सांसद विकास कोषको रबमबाट विकास निर्माणलाई तिव्रता दिने क्रममा कलात्मक स्थल नगदेश प्रवेशद्वारको शिलान्यास गर्नुभएको छ ।

कोषबाट रु ३० लाख रुपौया विनियोजत रकमबाट निर्माण शुरु गरिएको उक्त प्रवेशद्वारको बुधवार शिलान्यास गर्दै सांसद बस्नेतले बजेट नपुगेमा स्थानीय स्रोत तथा अन्य आवश्यक स्रोतको व्यवस्था गर्दै निर्माण समयमा नै सम्पन्न गराउनुपर्ने बताउनुभयो ।

सांसद विकास कोष अन्तर्गत रहेको रकमको मध्यपुर नगरपालिकाको उक्त प्रवेशद्वार पहिलो भएको र सूर्यविनायक नगरपालिकाको पहिलो सिर्जनानगरदेखि कटुञ्जे जानेबाटोको काम भइरहेको जानकारी गराउनुभयो । उहाँले विकास निर्माणमा मध्यपुरभित्र नगदेश र बोडेलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

कोषको चार करोड मध्येमा मध्यपुर नपालाई तीन करोड र एक करोड सूर्यविनायक नपालाई छुट्याएको जानकारी गराउँदै सांसद बस्नेतले भक्तपुरलाई नयाँ उचाईमा विकासको गतिलाई लैजाने परिकल्पनाका साथ काम भइरहेको बताउनुभयो ।

समग्र भक्तपुरको विकासलाई तीनै तहका सरकारले साथ र उचित सहयोग गरेको बताउँदै पूर्वमन्त्री समेत रहनुभएका सांसद बस्नेतले विकास निर्माणका काममा अल्पकालिन समस्या समाधान नभई दिर्घकालिन समस्या समाधानको बाटो अवलम्बन गर्दै अघि बढ्ने बताउनुभयो । उहाँले पेप्सीकोला सल्लाघारी जाने सडकमा भएको समस्या समाधान गर्दै एक हप्ताभित्रमा नै समस्या समाधान गरी काम अघि बढाउने जानकारी गराउनुभयो । त्यस्तै उक्त स्थानमा सडक विस्तार गर्दा घरमा पुग्ने क्षतीलाई मध्यनजर गर्दै क्षतीपूर्तिको व्यवस्था गर्नुपर्नेमा उहाँको जोड रहेको थियो ।

भक्तपुरका कुनै पनि वडा राजमार्गभन्दा टाढा रहनु नहुने भन्दै सा.सद बस्नेतले अरनिको राजमार्गसँग सिधै सहायक मार्गहरु जोड्ने कार्य तिव्र गतिमा अघि बढिरहेको बताउनुभयो । त्यस्तै उहाँले बोडे नगदेशको बाटोले तत्कालै अरनिको राजमार्गसँग व्यवस्थित रुपमा जोडिने बताउनुभयो ।

पर्यटन मन्त्रालयले देशमा १०० वटा क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा राखेकोमा निलबाराही पनि एक रहेको जसको लागि यो वर्ष नै ५० लाख बजेट प्राप्त हुने उहाँले जानकारी गराउनुभयो । सांसद बस्नेतले आस्थाको क्षेत्रको रुपमा रहेको निलबाराहीलाई धार्मिक तथा सांस्कृतिक रुपमा विकास र विस्तार गर्दै जीवित संग्राहलयको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

आगामी दिनमा भक्तपुर विकास तथा सरकारको योजनाभन्दा बाहिर रहन नसक्ने भन्दै सांसद बस्नेतले गठ्ठाघरमा नेपाल सरकारले नेपालकै सवैभन्दा ठूलो पाँच हजार भन्दा बढी क्षमता भएको आधुनिक सभागृह बनाउन शुरु गरेको बताउनुभयो । उहाँले उक्त सभागृह मानदेवको पालाको कैलाशकुट भवनको डिजाइनमा हुने र आगामी वर्षनै उक्त सभागृहको नेपाल सरकारले टेण्डरको प्रकृया अघि बढाउने जानकारी गराउनुभयो ।

मध्यपुरमा आगामी दिनमा मेलम्ची आयोजना तथा भक्तपुरका स्थानीय स्रोतको माध्यमबाट खानेपानीको समस्या समाधान हुने समेत बताउनुभयो । त्यस्तै उहाँलेमेलम्ची खानेपानी आयोजनाले सडक निर्माणमा पुर्याएको समस्यालाई समाधान गर्न मेलम्ची खानेपानी आयोजना र सडकबीच सहकार्य गर्दै काम द्रुत गतिमा अघि बढिरहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा सांसद बस्नेतले नयाँ सहरको विकाससँगै पुरानो बस्ती तथा सम्पदालाई संरक्षण गर्दै सम्पदा विकास कार्यक्रम अन्तर्गत बालकुमारी, चपाचोक, बोडे र नगदेशमा पुरानो वस्तीलाई विकास तथा संरक्षण गर्न करिव एक अर्व रुपैया रकम बराबरको बजेट लगायत भक्तपुरका सवै सम्पदा वस्तीको संरक्षणको लागि पाँच अर्व रकम नेपाल सरकारसँग प्रस्ताव पेश गरेको जानकारी गराउनुभयो ।

जनताको साथ र सहयोग नै वर्तमान समयमा भक्तपुरको विकास र समृद्धिको आधार भएको बताउँदै सांसद बस्नेतले आगामी दिनमा पनि निरन्तर साथ र सहयोगको साथमा आफु निरन्तर विकासमा लागि परिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित