काठमाडौंका विद्यालयमा अब स्थानीय पाठ्यक्रम

काठमाडौं, १६ माघ । काठमाडौं महानगरपालिकाले आउँदो शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ ।

भाषा, कला-संस्कृति, सम्पदा, वातावरण, दिगो विकास, ट्राफिक व्यवस्थापन लगायतलाई केन्द्रित गरेर पाँच वटा पाठ्यपुस्तक तयार गरिने महानगरपालिकाले जनाएको छ ।

विस २०७६ को शैक्षिक सत्रदेखि महानगरभित्रका ६ सय ४० वटा सामुदायिक विद्यालय र ९१ वटा संस्थागत (निजी) विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको हो ।

आधारभूत तहको ८०० पूर्णाङ्कमध्ये १०० पूर्णाङ्कको पाठ्यक्रम स्थानीय तहले नै तयार गर्न पाउँछन् । अनिवार्य र ऐच्छिक विषय बाहेक १०० पूर्णाङ्कको स्थानीय पाठ्यक्रमको विषयवस्तु विद्यालयहरुले पढाउनुपर्नेछ ।

उक्त पाठ्यक्रम बनाउँदा स्रोत केन्द्र मार्फत विषय विज्ञ, विभिन्न विद्यालयका विषयगत शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, निजी विद्यालय संगठन र सामुदायिक विद्यालय संगठन, अभिभावकसँग छलफल गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्याशित र आकस्मिक रूपमा आएको बाढीका कारण स्थिति गम्भीर र

काठमाडौँ, १० भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवामा आएको बाढीले गरेको ठूलो क्षति गरेकोप्रति दुःख व्यक्त गरेका

काठमाडौँ, १० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रसुवामा आएको बाढीका कारण उत्पन्न विपद्को घडीमा नागरिकको

काठमाडौँ, १० भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सद्भाव, एकता, मेलमिलाप र समावेशी लोकतन्त्रको प्रवद्र्धनमा सामुदायिक रेडियोले खेलेको भूमिका नेपालमा