धेरै उम्लीयो भने पोखिन्छ, मुलुकलाई द्वन्द्वमा लैजाने सपना नदेखे हुन्छ : सांसद बस्नेत

भक्तपुर, १५ माघ । नेपाल कम्युनिष्ट पार्ती (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपाली कांग्रेसले अनौतिक मागको नाममा सडक तथा सदनमा धेरै नउम्लीन आग्रह गर्दै मुलुकलाई द्वन्द्वमा लैजाने दृष्टता नगर्न चेतावनी दिनुभएको छ ।

भक्तपुरको सानो ठिमी क्याम्पसमा अनेरास्ववियु तथा अखिल क्रान्तिकारीले आयोजना गरेको खुल्ला भलिवल प्रतियोगिताको उद्घाटना कार्यक्रममा बोल्दै सांसद बस्नेतले २०६/०६३ को आन्दोलन नै देशका लागि निर्णायक आन्दोलन भएको बताउँदै लोकतन्त्रको स्थापनासँग सँगै आन्दोलन, चक्काजाम, बन्द, हड्ताल नगर्ने नेकपाले मात्र नभई काग्रेसले पनि दुई हात उफ्रेर घोषणा गरेको तर आज त्यसलाई लत्याउँदै कांग्रसले सडक तथा सदनमा अनावश्यक आन्दोलन गरिरहेको बताउनुभयो ।

लोकतन्त्रको स्थापना सँगै नेपालमा एकात्मकवादीको अन्त्य गर्दै सर्वाहारा र श्रमजीवि वर्गको शासन शुरु भएको बताउँदै सांसद बस्नेतले भन्नुभयो, ‘कांग्रेसले मुलुकलाई पुनः द्वन्द्वमा लान खोजेको हो ? नेविसंघ कता गयो ? किन स्ववियु चुनावमा भाग लिन तयार छैन ? नेविसंघले आन्दोलनको नाममा तोडफोड, गुण्डागर्दी, आगजनी तथा चक्का जाम गर्ने लागेको हो ?’ भनि प्रश्न गर्नुभएको छ ।

छेटो समयमा नै सरकार परिवर्तन नै पहिले भ्रष्टचार, अनियमितता तथा कुशासनको विकास गरेको देखेर कांग्रेस लगायतका केही दलहरुको आत्तीएर जे अनावश्यक जे भेट्यो त्यही समाउने काम गरिरहेको गरिहेको बताउनुभयो । उहाँले संसदिय सर्वोच्चताको पक्षमा वकालत कांग्रेसले नै गरेको तर अहिले त्यसलाई आफैले लत्याउने प्रयास गरिरहेको समेत बताउनुभयो ।

पूर्वउद्योगमन्त्री समेत रहनुभएका सा.सद बस्नेतले कांग्रेसका सांसद गगन थापाले दिएको अभिव्यक्तिलाई लक्षित गदैै भन्नुभयो, ‘सदन मुडमेड गर्ने ठाउँ नभई बैद्धिक बहस तथा कानुन निर्माण गर्ने थलो हो । कांग्रेस व्यवहारले आफै दिशाहिन, मुद्धाहिन हुँदै दिनप्रतिदिन कमजोर हुँदै गइरहेको छ ।’

मुडभेड र द्वन्द्वको राजनीति सदा सदाको लागि अन्त्य भएको बताउँदै सांसद बस्नेतले कांग्रेसको पछिल्लो समयको नौटङकी उसले भन्नेमात्र भएको तर गर्ने भने केही नभएको बताउनुभयो ।

कार्यक्रममास सांसद बस्नेतले भन्नुभयो, ‘संसारको यस्तो देश नेपाल हो जहाँ प्रत्यक्ष निर्वाचनबाट दुई तिहाइको सरकार छ । सामान्तवादको अन्त्य गर्दै समाजवाद हुँदै साम्यवादको लक्ष्यका साथ अघि बढेको छ । पार्टी एकताले दुई तिहाइको सरकार तथा सदन रहेका कारण कांग्रेस अत्तालियो ।’

विकासको नयाँ युगमा पुग्ने प्रकारको सरकारले योजना अघि सारेको बताउँदै सांसद बस्नेतले वर्तमान सरकारले दुवै छिमेकी देशसँग सम्बन्ध विस्तार गर्दै भारतको एकाधिकार तोडेको उहाँले दावि गर्नुभयो । सरकारको जनमुखि विकासले आफ्नो राजनीतिक भविष्य दिउँसै टर्च बालेर खोज्नुपर्ने अवस्था आउने देखेर कांग्रेसले आन्दोलनको लैरी टेकेको बताउनुभयो ।

वर्तमान सरकारले शैक्षिक प्रमाणपत्रको माध्यबाट ऋण लिई देशलाई समृद्धि तथा आत्मानिर्भको काम शुरु भएको बताउँदै विदेशवाट फर्केका युवालाई सहुलियत दरमा ऋणको व्यवस्था साथै महिला उद्यमशिलताको विकास गर्न विना धितो ऋणको व्यवस्था गरेकाले अवका दिनमा रोजगारीको लागि भौतारिनु पर्ने अवस्था सदाको लागि अन्त्य हुने बताउनुभयो ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाली झण्डा भएको पानी जहाज हिन्द महासागर तथा प्रसान्त महासगरमा चलाएरै छाड्ने, नेपालमा रेल गुडाएरै छोड्ने समेत उहाँले बताउनुभयो ।

उहाँले अनावश्यक विकास निर्माणका काम गर्ने माथि कसैले आक्रमण गरे प्रतिरोध हुने समेत चेतावनी दिनुभएको । भक्तपुरलाई शिक्षाको हव बनाउने बताउँदै सांसद बस्नेतले नेकपाको तत्लो कमिटिको एकता सम्पन्न पश्चात कांग्रेसका योजनाहरु पानीको फोका फुटेझै फुट्ने दावि समेत गर्नुभयो ।

नेकपाको भक्तपुरमा प्रतिनिधित्व हुनु नै भक्तपुर विकासको ढोका खोलीएको बताउँदै सांसद बसनेले भक्तपुरमा राष्ट्रिय गौरवका आयोजनाहरु तिव्र गतिका साथ निर्माण कार्य अघि बढेको जानकारी गराउनुभयो । उहाँले भक्तपुरमा अन्तर्राष्ट्रिय रंगशाला, सभागृह, सुरुङ मार्ग, आधुनिक सुविधा सम्पन्न वीर अस्पताल, प्राणी उद्यान केन्द्र, कर्वोडहल, स्मार्ट सिटी लागयतका सयौंं विकास निर्माणका कार्यहरु अघि बढेको जानकारी गराउनुभयो ।

स्ववियु चुनाब मिनि निर्वाचन भएको बताउँदै सांसद बस्नेतले कांग्रेस लगायतका दललाई लक्षित गर्दै भननुभयो, ‘कुनै पनि परिणाम आउनुभन्दा पहिले १०० पटक सोच्नुहोस्, सक्नुहुन्छ भने चुनावमा जित्नुहोस्, जितेर आफ्नो क्षमता देखाउनुहोस्, सक्नुहुन्न भने चुनावि प्रतिपर्धामा सहयोग गर्नुहोस् । चुनावमा जितेर देखाउनुहोस् सवैभन्दा पहिले हामी माला लगाई स्वागत गर्छै ।’

निर्वाचित व्यक्तिसँग हरेक अवस्थामा आफु र आफ्नो पार्टीसहकार्य गर्न तयार रहेको बताउँदै सांसद बस्नेतले आगामी स्ववियु निर्वाचनका सवालमा बोल्दै सांसद बस्नेतले कांगे्रस/नेविसंघले चुनाव सार्ने प्रयास गर्नु पराजित मानसिकताको उपज भएको बताउनुभयो ।

त्यस्तै वदलिदो कार्यदिशालाई सहि बाटोमा ल्याउन अनेरास्ववियु र अखिल क्रान्तिकारीको भूमिका महत्वपूर्ण रहेको समेत बताउनुभयो । उहाँले भक्तपुरमा भएका शैक्षिक विकृति तथा विसंगतिलाई अन्त्य गर्न दुवै संगठनले एक ढिक्का भई भक्तपुरका समग्र क्याम्पसहरुको नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित