राष्ट्रियसभाको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ टेबल

काठमाडौँ, १४ माघ । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा राष्ट्रियसभामा राष्ट्रियसभाको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ टेबल भएको छ ।

सोमबार सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयकलाई टेबल गर्नुभयो । आजको दोस्रो बैठक शुरु हुनेबित्तिकै नेपाली काङ्ग्रेसका सांसदहरु आ–आफ्ना स्थानबाट उठी बैठकलाई अवरोध गरका थिए ।

अवरोधका बीचमा नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले आजको शून्य, विशेष समय नहुने र दैनिक कार्यसूचीबाट विभिन्न बुँदा हटाएको जानकारी दिनुभयो ।

राष्ट्रियसभाको आजको पहिलो बैठक पनि नेपाली काङ्ग्रेसको अवरोधका कारण स्थगन भएको थियो । आफ्ना शीर्ष नेता स्व गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पताललाई सरकारले कुन निकायअन्तर्गत सञ्चालन गर्ने भन्ने कुनै निर्णय नगरेकामा आपत्ति जनाउँदै काङ्ग्रेसले आजको बैठक सञ्चालनमा अवरोध गरेको हो ।

जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र (तनहुँ) र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल (बाँके) कुन निकायअन्तर्गत सञ्चालन गर्ने भन्ने निर्णय नगरेको बताइन्छ । यसमा काङ्ग्रेसले आपत्ति जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित