जापानी राजदूतावासमा ‘नेत्सुके’ हेर्दै विद्यार्थी

काठमाडौँ, १४ माघ । जापानी राजदूतावासमा आयोजना गरिएको २ हप्ता लामो जापानी परम्परागत जापानी काष्ठ कलाकृतिहरुको प्रदर्शनी ‘नेत्सुके’ हेर्न राजधानीका विभिन्न विद्यालयका विद्यार्थीको ताँती लाग्यो ।

जापानी राजदूतावास र जापान फाउण्डेशनको संयुक्त आयोजनामा आयोजित सो प्रर्दशनी हेर्न राजधानीको शान्तिनगरस्थित बेबिलोन नेशनल स्कूल, पेप्सीकोला टाउन प्लानिङ्गको करियर विल्डिङ्ग इन्टरनेशनल एकेडेमी, सुर्यकोट, कोटेश्वरको हेब्रोन इन्टरनेशनल एकेडेमी, कोटेश्वरको ग्रामर पब्लिक स्कुल तथा नयाँ बानेश्वरको काव्य स्कुलका करीव एक हजार विद्यार्थी जापानी राजदूतावास पुगेका थिए ।

कोटेश्वरको ग्रामर पब्लिक स्कुलका संस्थापक प्रिन्सिपल राजकुमार राईको नेतृत्वमा विद्यालयका एकसय विद्यार्थी तथा सुविधानगर तिनकुनेको ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलकी भाइस प्रिन्सिपल ममता शाहको नेतृत्वमा सो विद्यालयका विद्यार्थी जापानी राजदूतावास पुगेका थिए ।

आर्कषक जापानी काष्ठकला हेर्न पाएकोमा विद्यार्थीहरु दंग परेको र जापानी कलाकृतिबारे सिक्ने अवसर पाएको बेबिलोन नेशनल स्कुलका प्रिन्सिपल राजु राईले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ११ भदाै । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवा, नुवाकाेट, धादिङ लगायतका क्षेत्रका बाढी पीडितहरूकाे साथमा प्रदेश सरकार रहेकाे

काठमाडौँ, ११ भदौ । सयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो

काठमाडौँ, ११ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बिहान रसुवाको भोटेकेशी नदीमा आएको बाढीले तटीय क्षेत्रमा भएको विपत्तिमा परेका नागरिकको

काठमाडौँ, १० भदौ । चीनका राष्ट्रपति सी जिनपिङले नेपाल–चीन सीमावर्ती क्षेत्रमा गएको बाढीपहिरोमा बेपत्ता भएका मानिसहरूको खोज तथा उद्धारका लागि निर्देशन