सरकार विकास र समृद्धिको साथमा जनताप्रति उत्तरदायी : मन्त्री पोखरेल

बुटवल, १३ माघ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान नेपाल कम्युनिष्ट पार्ती (नेकपा)को सरकार विकास र समृद्धिको साथमा जनताप्रति उत्तरदायी भएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले आज बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले उहाँले वर्तमान सरकार जनचाहनाअनुसारको काम गर्न र जनताप्रति उत्तरदायी बन्नका लागि आगामी बजेटमा जनतालाई सम्बोधन गरिने र प्रतिबद्धता पूरा गर्न सरकार अग्रसर रहेको बताउनुभयो ।

नेपालमा भएको परिवर्तन मात्र सत्ता र राजनीतिक नभई व्यवस्था नै परिवर्तनको प्रक्रियामा भएको हुँदा जनताले चाहेको जस्तो हुन नसकेको बताउनुभयो ।

राजनीतिक र संविधानमा परिवर्तनको घोषणा भए पनि सरकार अहिलेसम्म कानूनी र संरचनामा परिवर्तन गर्नेतर्फ केन्द्रित हुँदा सरकारको ध्यान अब जनताका अपेक्षा सम्बोधनमा केन्द्रित हुने स्पष्ट पार्नुभयो ।

उहाँले सरकार जनताको सामाजिक सुरक्षाका विषयमा गम्भीर रहेकाले सामाजिक सुरक्षाबापत प्रदान गरिँदै आएको भत्तामा वृद्धिसँगै स्वास्थ्य बीमालगायत अन्य सामाजिक सुरक्षाका क्षेत्रमा समेत सरकारले कार्यक्रम अगाडि बढाउने बताउनुभयो । मन्त्री पोखरेलले विगतमा दुई पार्टीबीचको निरन्तर संवाद, सहकार्यको आयामबाट नै एकता भएको बताउँनुभयो ।

कार्यक्रममा प्रदेश नं ५ का मुख्यमन्त्री तथा नेकपा प्रदेश नं ५ का इञ्चार्ज शङ्कर पोखरेलले सरकार परिवर्तनको मनोविज्ञान आम नागरिकको बुझाइरहेको भन्दै कानून निर्माण र संरचना निर्माण मुख्य पाटो हो भन्ने कुरा जनतालाई बुझाउन आवश्यक भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित