काठमाडौँ, १३ माघ । सरकाररुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग सहकार्यगत रुपमा टाढिदै गएको समयमा प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसले पूर्वराजा ज्ञानेन्द्र शाहसँग सहकार्य गर्दै राजतन्त्र फर्काउने खेलमा लागेको स्रोतले बताएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा र राप्रपा राष्ट्रवादीका अध्यक्ष डा। प्रकाशचन्द्र लोहनी राजतन्त्र फर्काउन पार्टी एकतासहित कांग्रेससँग पनि सहकार्य गर्न सहमत भएका छन् ।
गत बिहीवार साँझ पूर्वराजा ज्ञानेन्द्रसँग लामो डिनर बैठकमा राणा र लोहनीले यस्तो सहमति जनाउनु भएको हो । स्रोतका अनुसार पर्वराजा ज्ञानेन्द्रले ‘अव बेला आयो, दुवै जना एक भएर कांग्रेससँग सहकार्य गरी राजतन्त्र फर्काउन लाग्नु’ भन्ने निर्देशन दिएपछि राणा र लोहनीले कांग्रेस सभापति शेरबहादुर देउवासँग गोप्य बार्ता गरी संयुक्त आन्दोलन सञ्चालन गर्ने निर्णय स्रोतले बताएको छ ।
कांग्रेसको राजतन्त्र फर्काउने आन्दोलनमा सहकार्य गर्दै राजतन्त्र फर्काउने तयारीअनुसार राणा र लोहनीले बिहीवार साँझ पूर्वराजा ज्ञानेन्द्रसँग डिनर बैठक गरेको स्रोतले बतायो । भोलि सोमवार बिहान ९ बजे राणाले देउवा निवास बुढानिलकण्ठमा गोप्य योजना बनाइने निकट स्रोतले जानकारी दिएको छ ।
यसकारण प्रष्ट हुन्छ कि कांग्रेसले लोकतान्त्रीक हस्तीको रुपमा वाहिर बोल्ने तर भित्र भित्र लोकतन्त्रलाई समाप्त पार्ने खेलमा लागेको खुल्न आएको छ ।
सडक तथा सदनमा सरकार विरुद्ध आन्दोलन गर्नुको मूख्य कारण राजतन्त्र फर्काउने कांग्रेसको शुरुवाती खेल भएको बुझिएको छ । कांग्रेसका राष्ट्रिय स्तरका नेताहरुले समेत सरकार ढाल्ने खुलम खुल्ला चुनैति दिइरहेका छने जसमा मूख्य रुपमा सभापति देउवा, गगन थापा लगायतका नेताहरुलाई उदाहरुणको रुपमा लिन ससिन्छ ।






